अर्थमन्त्रालयमा अनुसन्धानविद् नै छैन : अर्थमन्त्री शर्मा 

अर्थमन्त्रालयमा अनुसन्धानविद् नै छैन : अर्थमन्त्री शर्मा 

अर्थ डबली
बिहिवार, जेठ १९ २०७९
अर्थ डबली
बिहिवार, जेठ १९ २०७९ (अर्काइभ बाट)
  • अर्थमन्त्रालयमा अनुसन्धानविद् नै छैन : अर्थमन्त्री शर्मा 

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनुसन्धान विज्ञ नभएको बताएका छन् । नेपाल आर्थिक संघ र बैंक तथा बित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालमा विज्ञहरूको अभाव भएको बताएका हुन् । 

    उनले भने “अनुसन्धान गर्नुपर्ने धेरै विषयहरू छन् तर, अर्थमन्त्रालयमा अनुसन्धानविद् नै देखिनँ मैले ! त्यहाँ त ठूलो अनुसन्धानविद् हुनुपर्ने । राष्ट्र बैंकमा अनुसन्धानविद् छैन ।” विज्ञहरूको अभावले महत्त्वपूर्ण कामहरू गर्न नसकिएको उनको भनाई छ । 

    नेपालको कृषि क्षेत्रमासमेत विज्ञको अभाव रहेको उनी बताउँछन् । “कृषिमा पनि काम चलाउ अनुसन्धान मात्रै भइरहेका छन् । हामीसँग विज्ञहरूको अभाव छ,” उनले भने “हाम्रोमा अनुसन्धानको समस्या छ । यसकारणले अब विविध क्षेत्रको अनुसन्धानलाई पनि प्राथमिकता दिँदै जाने योजना पनि छ ।” नेपालमा विज्ञहरूको उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ । 

    साताको लोकप्रीय