images
images

आगामी आइतबारसम्म देशभरको मौसम कस्तो रहला ?

आगामी आइतबारसम्म देशभरको मौसम कस्तो रहला ?

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • images
    images
    आगामी आइतबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।

    images
    images

    हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

    आज शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    कोशी प्रदेशका केही तथा बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार