काठमाडौं/ आइसर 3015 J HSD ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले आइसर 3015 J HSD मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापुर्वक जानकारी लिएका थिए ।
भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा बुझ्ने मौका पाए ।
यी विवरणहरूले ग्राहकहरूलाई गाडीको क्षमताबारे राम्ररी जानकारी गराएको कम्पनीले जनाएको छ ।
बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर श्री ठाकुर कुमार गाह भन्छन् :
नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौं । सहभागीहरूको उत्साहजनक सहभागीताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ ।
प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर 3015 J HSD बाट तुलात्मक रूपमा ५–८% अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको छ ।
साथसाथै २७५ उकालोमा सजिलै आइसर 3015 J HSD मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्नेछ । हाम्रा ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध छौं ।