images
images

नाडा अटो शो २०२३ : अवलोकनकर्तालाई देखाउन मात्रै राखिएका यी चार विद्युतीय गाडी (तस्बिरसहित)

नाडा अटो शो २०२३ : अवलोकनकर्तालाई देखाउन मात्रै राखिएका यी चार विद्युतीय गाडी (तस्बिरसहित)

गत मंगलबारबाट सुरु भएको ‘नाडा अटो शो’ मा चार वटा विद्युतिय गाडी अवलोकन कर्ताहरूलाई देखाउनको लागि मात्रै बीवाईडी र नेटाले चीनबाट नेपाल भित्र्याएका हुन् ।

शुक्रवार, भदौ २९ २०८०
शुक्रवार, भदौ २९ २०८०
  • नाडा अटो शो २०२३ : अवलोकनकर्तालाई देखाउन मात्रै राखिएका यी चार विद्युतीय गाडी (तस्बिरसहित)
    images
    images

    काठमाडौँ / गत मंगलवारबाट सुरु भएको नाडा अटो शोको आज चौथो दिन हो । काठमाडौँ उपत्यकाको भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो २०२३’ मा चार वटा विद्युतिय गाडी अवलोकनकर्ताहरूलाई देखाउनको लागि मात्रै राखिएको छ । भदौँ २६ गते मंगलबारबाट ३१ गते आइतबारसम्म चल्ने उक्त ६ दिने अटो शोमा ग्राहकलाई आर्कषित गर्न चार विद्युतिय गाडी प्रर्दशनका लागि बीवाईडी र नेटाले चीनबाट नेपाल भित्र्याएका हुन् । 

    अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेको उक्त शोमा विभिन्न ४५ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनी गरेका छन् । जसमधये १६ वटा ब्राड चार पाङ्ग्रेका, २२ वटा दुई पाङ्ग्रेका र ७ वटा लाइट कमर्शियल भेहिकलका छन् । यस्तै अटो शोमा कम्पोनेन्ट, ल्यूव, टायर, हेलमेटको स्टल पनि राखिएका छन् । शोको मुख्य प्रायोजकमा ‘टाटा मोटर्स जेनुइन आयल’ रहेको छ । 

    साथै, सह–प्रायोजक भने शिखर इन्सुरेन्स कम्पनी छ । प्रदर्शनीमा ठूला तथा साना गरी करिव १ सय २० वटा स्टलहरु छन् । उक्त शोमा ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको नाडाले जानकारी दिएको छ । 

    १. नेटा यू

    नेपालमा चौधरी ग्रुप अन्तगर्तको सिजी मोटर्स आधिकारिक विक्रेता रहेको नेटा ब्राण्डको नेटा यू प्रर्दशनीमा ल्याएको छ  । नेटा यूको सुरुआती बजार मूल्य ५२ लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ । नेटा यू चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी होजन अटोको उत्पादन हो। हाल बजारमा उक्त कम्पनीको उत्पादन नेटा भी मात्रै उपलब्ध छ। 

    यस गाडीले एक पटकको पूरा चार्जले ६१० किलोमिटर रेन्ज दिने बताइएको छ। गाडी जम्मा ३० मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ। गाडीमा चालक सिट बायाँतर्फ छ। नेपाली बजारका लागि भित्र्याउँदा भने यो दायाँपट्टी नै हुने बताइएको छ। 

    नेटा यूमा ८१.५७ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने यसमा भएको सिंगल इलेक्ट्रिक मोटरले ३२१ हर्सपावर जेनेरेट गर्छ। जम्मा ७ सेकेन्डमा गाडीलाई शून्यदेखि १०० किलोमिटरसम्मको रफ्तारमा गुडाउन सकिन्छ। 

    नेटा यूको लम्बाई ४,५४९ एमएम, चौढाई १,८६० एमएम र उचाई १,६२९ एमएम छ। गाडीको कुल तौल भने १,७५० केजी रहेको छ। गाडीमा १९ इन्चको टायर दिइएको छ। यसको ह्विलबेस भने २,७७० एमएम छ। 

    लेफ्ट ह्याण्ड ड्राइभ रहेका नेटा यू कार बिक्रीका लागि नभई प्रदर्शनका लागि मात्र राखिएको कम्पनीले जनाएको छ । यस्तै, एसयुभी सेगमेन्टको नेटा यु नेपालमा छिट्टै ल्याउने चौधरी ग्रुपले जनाएको छ।

    NETA u.JPG

    २. नेटा एस

    नेटाले लङ रेञ्ज भर्जनको नेटा एस अटो शोमा प्रर्दशनीको लागि मात्रै भित्राएको छ। अवलोकन कर्ताहरूलाई देखाउनको लागि मात्रै ल्याएको सेडान सेगमेन्टको उक्त गाडी चीनमा १ वर्षअघि मात्रै लञ्च गरिएको थियो।

    नेटा एस ७१५ लिसज राडर भर्जन, ६५० फोर ह्वील भर्जन र ५२० स्ट्यान्डर्ड भर्जनका गाडी उत्पादन गर्दै आएको छ। स्पोर्टस् कार सेगमेन्टमा नेटा एस उपलब्ध छ।  

    NETA S.JPG

    ३. नेटा जीटी

    सिजी मोटर्स आधिकारिक विक्रेता रहेको नेटाले प्रदर्शनीका लागि ल्याएको नेटा जीटी बिक्रीका लागि नभई प्रदर्शनका लागि मात्र राखिएको कम्पनीले जनाएको छ । विभिन्न सामाजिक सञ्चालनमा टेस्ला गाडीसँग तुलना गरिएको नेटा जीटी हाल अवलोकन कर्ताहरूलाई देखाउनको लागि मात्रै ल्याइएको कम्पनीले जनाएको हो । 

    विद्युतीय सुपर कारका रुपमा प्रस्तुत गरिएको १.३ वर्गमिटरको पानारोमिक सनरुफ रहेको छ भने दुईवटा ढोका भएको कारमा ४ सिट छन्। गाडीमा १७.६ इन्च सेन्ट्रल कन्ट्रोल स्क्रिन छ। यसले एक पटकको चार्जमा ५८० किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ । यो १७० किलोवाट र ३४० किलोवाट मोटर भएको गाडी हो । 

    NETA GT.JPG

    ४. बीवाइडी सिल

    बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्कले अटो सोमा खास दुईवटा नयाँ मोडल प्रदर्शनीमा राखेको छ । कम्पनीले न्यून बीवाईडी सेल र डल्फिनलाई प्रदर्शनीमा राखेको हो । 

    बीवाईडी डल्फिनलाई कम्पनीले ३९ लाख ८० हजार रूपैयाँमा नै उपलब्ध गराएको छ, भने सिल बिक्रीका लागि नभई प्रदर्शनका लागि मात्र राखिएको हो । सिल एक पटकको चार्जमा ७०० किलोमिटरसम्म कुद्न सक्ने कम्पनीले जनाएको छ । यस्तै, सिलमा ८२ किलोवाट आवर क्षमता रहेको छ। १५० किलोवाट डिसी फास्ट चार्जिङबाट आधा घण्टामा ८० प्रतिशतसम्म चार्ज हुन्छ।

    नाडा अटो सोका लागि नै ल्याइएको यस मोडलको बजार मूल्य १ करोड ५ लाख हाराहारी पर्ने कम्पनीले जनाएको छ । यस्तै हाल बिक्री नगरिए पनि बीवाईडीका उत्पादनबारे अवलोकन कर्तालाई थाहा दिन अटो शोमा प्रदर्शनका लागि राखिएको कम्पनीले बताएको छ । 

    BYD seal.JPG

    अटो व्यवसायीले प्रदर्शनीका लागि मात्रै गाडी ल्याउन पाउने कानुनी व्यवस्था छ। विगतका अटो शोमा पनि केही मोडल प्रदर्शनीका लागि भित्रिने गरेका थिए। 

    उक्त आटो शोमा नयाँ ब्राण्ड सेरेसले आफ्नो मिनी इभीको मूल्य १४ लाख राखेर बुकिङ लिइरहेको छ । यस्तै, एमजीले कोमेट मिनी ईभीको मूल्य १८ लाखबाट सुरु गरेको छ । त्यस्तै विलिङले आफ्नो दुबै २०० किलोमिटर रेन्ज तथा ३०० किलोमिटर रेन्ज भएको मिनी ईभीमा ४ लाख छुट दिइरहेको छ ।

    एमजीले पनि सेरेस–३ बजारमा आएसँगै जेडएस ईभीमा २ लाख बराबरको स्कीम दिन सुरु गरेको छ भने टाटाले २२ लाख सुरुवाती मूल्य राखेर टियागो ईभी बजारमा ल्याएको छ । यसले अटो शोमा धेरै अवलोकनकर्तालाई तानेको बुझन कठिन पर्दैन ।

    चिनियाँ न्यू इनर्जी भेहिकल जायन्ट बीवाइडीले प्रिमियम ह्याचव्याक डल्फिन ल्याएर निकै राम्रो रेसपोन्स बटुल्न सफल भएको छ । साइजमा ठूलो र मूल्यमा कम भएकै कारण डल्फीनमा धेरैको आकर्षण देखिन्छ । ७० किलोवाट मोटर पावरसहित ४४.९ किलोवाट ब्याट्री क्षमतामा उपलब्ध बीवाईडी डल्फिन इलेक्ट्रिकमा ह्याचब्याग सेग्मेन्टको कार हो । १८५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको कारले एक पटकको फुल चार्जमा ३४० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । आकर्षक मूल्यमा सार्वजनिक गरेको बीवाईडीलाई कम्पनीले ३९ लाख ८० हजार रूपैयाँमा नै उपलब्ध गराएको छ । 

    मेक्ससले अटो शोकै सबैभन्दा लग्जरी एमपीभी मिफा ९ ल्याएर ग्राहक तानिरहेको छ । यो एमपीभी १ करोड ४० लाखको मूल्य तोकेर बिक्री सुरु भएको हो । यस्तै, नयाँ मोडलको रुपमा कियाले स्पोर्टेजको ५औं जेनेरेशन लन्च गरेको छ । 

    यता, टाटाले १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध टाटा पन्च पेट्रोल एसयूभी कार हो । ८६ बीएच पावरयुक्त इन्जिनले ११३ एनएम टर्क प्रदान गर्छ । गाडीमा ५ स्पिड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध छ भने यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गरिएको छ । पन्ज पुर, एड्भेन्चर एमटी, अकम्पलिस एमटी र क्रिएटिभ एमटी गरी चारवटा भेरियन्टमा उपलब्ध टाटा पन्जको मूल्य क्रमशः ३३ लाख ९९ हजार, ३७ लाख ४९ हजार, ४० लाख ४९ हजार र ४३ लाख ४९ हजार रूपैयाँ तोकिएको छ ।

    यस्तै, फोर्सले अर्भानिया, निसानले अटोमेटिक म्याग्नाइट, महिन्द्राले स्कर्पियो क्लासिक, हुन्डाईले एक्सटर देखाएको छ । यता नाडा अटो शोमा दुईवटा नयाँ ईभी ब्राण्डले भने तेस्रो दिनसम्म पनि आफ्नो स्टलमा सवारी देखाउन सकेका छैनन् । जी मोटर्सले ल्याउने स्काइवेल र केडिया इन्टरनेशनलले लन्च गर्न लागेको एम्पियर ब्राण्डको इलेक्ट्रीक स्कुटर आइपुगेको छैन ।

    हेनुस् अन्य तस्बिरहरू 

    undefined

    undefined

    undefined

    undefined

    undefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार