काठमाडौँ / हिमालयन बैङ्क लिमिटेडले आफ्नो ग्राहकहरू माझ विभिन्न सेवा अभिबृद्धि गर्ने उद्देश्यले १६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ । बैङ्कले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौँ, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको हो ।
बैङ्कका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरूमा बस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने छन् ।
बैङ्कले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० % सम्म छुटको व्यवस्था गरेको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले विल लिनु भन्दा पहिला नै आफु हिमालयन बैङ्कका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरूबाट निर्धारित छुट पाउने छन् ।
ग्राहकबर्गहरूले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरूको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैङ्ककोे अधिकारीक वेभसाइट जततउकस्ररधधध।जष्mबबिथबलदबलप।अयmरभलरयााभचक मा गई हेर्न सकिनेछ ।
हाल यो योजना १६० भन्दा बढी व्यवसायिक संस्थाहरूमा लागु भएको तथा निकट भविष्यमा बैङ्कले यस योजना देशभरि २०० वटा थप व्यवसायीमा विस्तार गरि आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।