images
images

९ मर्चेन्ट बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

९ मर्चेन्ट बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • ९ मर्चेन्ट बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

    काठमाडौँ / अहिले लाभांश घोषणाको सिजन चलिरहेको छ । विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । चालु आर्थिक वर्ष सुरु भएसँगै विभिन्न कम्पनीले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म झण्डै डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । 

    images
    images

    हालसम्म सञ्चालनमा रहेका अर्थात नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिपत्र प्राप्त ३० वटा मर्चेन्ट बैंक मध्ये हालसम्म ९ वटा मर्चेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट लाभांश विरण गर्ने प्रस्ताव गरेका छन् । 

    अधिकांश मर्चेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको भएपनि ९ वटा मर्चेन्ट बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यी बैंकहरूको औषत लाभांश करिब २० प्रतिशत रहेको छ ।

    ज्योति क्यापिटल, सनराइज क्यापिटल, एनआईसी एशिया क्यापिटल, सिटिजन्स क्यापिटल, प्रभु क्यापिटल, सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल र कुमारी क्यापिटलले गत वर्षको नाफाबाट लाभांश पनि बाँड्ने प्रस्ताव गरेका हुन् ।

    एनआईसी एशिया क्यापिटलको सबैभन्दा धेरै

    गत वर्षको नाफाबाट एनआईसी एशिया क्यापिटलले सबैभन्दा धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित)का दरले ९ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रभु क्यापिटलको सबैभन्दा कम 

    गत वर्षको नाफाबाट प्रभु क्यापिटलले सबैभन्दा कम लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफबाट ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । क्यापिटलको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    अन्य कुन क्यापिटलको कति ? 

    – सनराइज क्यापिटलः सनराइज क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    – सिद्धार्थ क्यापिटलः सिद्धार्थ क्यापिटलले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    – सानिमा क्यापिटलः सानिमा क्यापिटलले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै २७ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले ३ करोड ७५ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    – कुमारी क्यापिटलः कुमारी क्यापिटलले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट  हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले ६ करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    – लक्ष्मी क्यापिटल मार्केटः लक्ष्मी क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै १५ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । २७ करोड पुँजी भएको यस कम्पनीले करिव १४ प्रतिशत लाभांश दिन लागको हो ।

    – सिटिजन्स क्यापिटलः सिटिजन्स क्यापिटलले गत वर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने २ करोड ४० लाख रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    – ज्योति क्यापिटलः ज्योति क्यापिटलले हाल कायम चुक्ता पूँजीको १०.२६३ प्रतिशत अर्थात् २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार