images
images

फ्यान फेस्टसहित रियलमीको रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

फ्यान फेस्टसहित रियलमीको रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • फ्यान फेस्टसहित रियलमीको रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

    काठमाडौँ / स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गरेको छ । सर्वाधिक विश्वसनीय दावी गर्दै आएको उक्त ब्राण्डले सो अवसरमा आफ्ना दुई नयाँँ मोडलहरू रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ । 

    images
    images
    images
    images

    नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय गायकहरू भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरूको अत्यन्तै उत्साहजनक सहभागिता रहेको थियो । 

    निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागि युवायुवतीहरूले भेक र यावेशको प्रस्तुतिमा नाच्दै–गाउँदै भरपुर मनोरञ्जन लिएका थिए । आफुलाई मनपर्ने गायकहरूको प्रस्तुतिमा रमाउन पाएका हजारौंँ दर्शकहरूको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

    उक्त अवसरमा बोल्दै रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले भने,“हाम्रो रियलमी कम्युनिटीको यो उत्साहजनक सहभागिताले हामी हर्षविभोर भएका छौँ । हाम्रो लागि यो नयाँँ मोडल लन्च गर्ने प्ल्याटफर्म मात्र नभएर हाम्रो कम्युनिटी, हाम्रो इनोभेसन र फ्युचरलाई सेलिब्रेट गर्ने अवसर पनि हो । तपाईंहरूको अटुट विश्वासले टेक्नोलोजी, डिजाइन र अफोर्डेबिलिटिमा प्रत्येक दिन प्रगति गर्दै जाने हाम्रो प्रतिवद्धतालाई हौसला दिएको छ । यी नयाँँ मोडलहरू रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि त्यही प्रतिवद्धताको प्रमाण हुन् । यी दुवै मोडलहरूमा हामीले कनेक्टिभिटी, पर्फर्मेन्स र स्टाइललाई प्राथमिकता दिएका छौँ । नेपाली युवा ग्राहकहरूले रियलमीप्रति जुन वफादारिता र लगाव देखाउनुभएको छ, त्यसैको सम्मानस्वरूप हामीले यो फ्यान फेस्ट आयोजना गरेका छौँ । आशा छ तपाईंहरू सबैले आफ्ना साथीभाइ र परिवारजनसँग भरपुर मनोरञ्जन लिनुहुनेछ ।”

    रियलमी ११ एक्स फाइभ जिका मुख्य फिचरहरू 

    रियलमी ११ एक्स फाइभ जिमा मिडियाटेकको उच्च स्तरको ६एनएम डाइमेन्सिटी ६१००+क्यऋ पावरफुल चिपसेट रहेको छ । डाइनामिक ¥याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर यसको मेमोरी १६ जिबिसम्म बढाउन मिल्छ । फाइभ जि कनेक्टिभिटि सहित आउने यो सेटमा ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले २९ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्रि चार्ज हुन्छ । 

    क्यामराको कुरा गर्नुपर्दा यसमा यस सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपिको एआइ क्यामरा राखिएको छ जसले क्लियर, शार्प, र डिटेल तस्बिर लिन्छ । 

    २ह इन–सेन्सर जुम भएको हुँदा यो क्यामराको जुम क्वालिटी पनि राम्रो रहेको छ । त्यस्तै यसको नाइट–स्केप मोडमा रियलमीको फ्ल्यागशिप लेबल प्रो– लाइट इमेजिङ सफ्टवेयर प्रयोग गरिएको हुँदा रातको समयमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ ।

    News realme.jpg

    ५००० एमएएचको शक्तिशाली ब्याट्रि राखिएको यस रियलमी ११ एक्समा एकचोटि फुल चार्ज गरेपछि दिनभरी आरामसँग भिडियो हेर्न वा गेम खेल्न सकिन्छ । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ । 

    ६.७२ इन्चको अल्ट्रा स्मुथ फुल एचडी+ आइपिएस स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ ।
    अन्य फिचरहरूको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरू पनि रहेका छन् । 

    रियलमी ११ फाइभ जिका मुख्य फिचरहरू 


    रियलमी ११ फाइभ जिमा मिडियाटेकको डाइमेनसिटी ६एनएम ६१००+ को पावरफुल चिपसेट रहेको छ जुन नयाँ हुनुको साथै उच्च स्तरको हो । यसमा भएको ८ जिबि ¥यामलाई डाइनामिक ¥याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर १६ जिबिसम्म बढाउन मिल्छ । ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यो सेटमा ६७ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले १७ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज हुन्छ । 

    १०८ मेगा पिक्सेलको सामसँग आइसोसेल एच्एम्६ प्राइमरी क्यामरा र २ एमपिको सेकेन्डरि क्यामरा सहितको डुअल क्यामरा सेटअप सहित आउने यस रियलमी ११ फाइभ जिमा सेल्फी र भिडियो कलको लागि १६ एमपिको फ्रन्ट क्यामरा राखिएको छ ।

    ६.७२ इन्चको फुलएचडी प्लस आइपिएस् स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यो डिस्प्लेमा २४० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ ।  यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ । अन्य फिचरहरूको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, जाइरो सेन्सर, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरू पनि रहेका छन् । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ ।

    News.jpg

    कति छ मूल्य ? 

    ८/१२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभ जिको मुल्य २९ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी स्टोरेज क्षमता भएको रियलमी ११ फाइभ जिको मुल्य ३९ हजार ९९९ रुपैयाँ रहेको छ । रियलमी ११ फाइभ जि आकर्षक ग्लोरी ब्ल्याक र ग्लोरी गोल्डमा उपलब्ध छ भने रियलमी ११ एक्स फाइभ जि आकर्षक मिड नाइट ब्ल्याक र पर्पल डाउनमा उपलब्ध छ । दुवै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक बिक्रेताहरू मार्फत उपलब्ध हुनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार