काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारकै मूल्यमा सोमबार पनि सुनचाँदीको कारोबार गर्न सकिनेछ ।
यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा नै कारोबार हुने महासङ्घले जनाएको छ ।