राष्ट्रिय वाणिज्य बैङ्क र नेशनल बैङ्किङ्ग इन्ष्टिच्युटबिच सम्झौता, कार्यदक्षता अभिबृद्धिका कर्मचारीहरूलाई तालिम दिइने

राष्ट्रिय वाणिज्य बैङ्क र नेशनल बैङ्किङ्ग इन्ष्टिच्युटबिच सम्झौता, कार्यदक्षता अभिबृद्धिका कर्मचारीहरूलाई तालिम दिइने

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • images
    images
    राष्ट्रिय वाणिज्य बैङ्क र नेशनल बैङ्किङ्ग इन्ष्टिच्युटबिच सम्झौता, कार्यदक्षता अभिबृद्धिका कर्मचारीहरूलाई तालिम दिइने
    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र नेशनल बैङ्किङ्ग इन्ष्टिच्युट लिमिटेडबिच सर्टिफिकेशन कोर्सको बैङ्किङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ ।
     
    सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैङ्किङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । 
     
    उक्त सम्झौता भएपश्चात चालु आ.ब. २०८०/०८१ मा राष्ट्रिय वाणिज्य बैङ्कका कर्मचारीहरूको कार्यदक्षता अभिबृद्धिका लागि नेशनल बैङ्किङ्ग इन्ष्टिच्युटले हाललाई एक हजार जना कर्मचारीलाई JANBI, CANBI, Moody's लगायतको सर्टिफिकेशन कोर्षको बैङ्किङ्ग तालिम प्रदान गर्नेछ ।
     
    समारोहमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले लिएको उद्देश्य हासिल गर्नको लागि नियमित रूपमा कर्मचारीहरूलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता बृद्धि भई जोखिम न्यूनिकरण हुने बताए । 
     
    इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैङ्किङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैङ्कले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा बृद्धि हुने बताए । 
     
    बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले कार्यक्रमबारे प्रकाश पार्नु हुँदै बैङ्कले कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान  गर्ने बताए ।
     
    उक्त समारोहमा बैङ्कका उपकार्यकारी अधिकृतहरू देवेश प्रसाद लोहनी, विनय रमण पौडेल, दुर्गा कुमारी कँडेल, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे, सिकाइ तथा विकास विभागका विभागीय प्रमुख पध्मा लक्ष्मी जि.सी., नेशनल बैङ्किङ्ग इन्ष्टिच्युटका डिजिएम धन थापा, शैक्षिक निर्देशक प्रमोद बोहरा, बन्दना रोक्का, संझना दाहाल लगायतको उपस्थिति रहेको थियो ।
     
    बैङ्कको हाल सातै प्रदेस ७७ जिल्लामा २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैङ्किङ्ग रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार