images
images

एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’

एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’

    काठमाडौँ / एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को संर्दभमा आज सिराईचुली होटल, भरतपुर, चितवनमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 

    images
    images

    नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु खड्काको समेत उपस्थिति रहेको थियो ।

    विश्व लगानीकर्ता सप्ताह २०२३ एक हप्ता लामो, आई.ओ.एस.सिओद्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्त्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ ।

    कार्यक्रमको मुख्य वक्ता एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगाना हुनुहुन्थ्यो भने अन्तरक्रिया सत्रलाई कर्पोरेट एडभाइजरी विभाग प्रमुख भुवनराज पन्त र पीएमएस प्रमुख सृष्टि शाहले सञ्चालित गरेकी थिइन् । अन्तरक्रिया मुख्यतया “विश्व लगानीकर्ता सप्ताह २०२३” को मुख्य विषयवस्तुमा केन्द्रित थियो ।

    लगानीकर्ताको लचिलोपन, क्रिप्टो सम्पत्ति र दिगो वित्त कार्यक्रमको यस अभियानको मुख्य विषयवस्तु हा भने ठगी र घोटाला रोकथाम, लगानीको आधारभूत र प्रविधि र डिजिटल वित्त अन्य पुरक बिषय बस्तु रहेका छन ।

    कार्यक्रममा लगानीकर्ता सप्ताह २०२३ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।

    महाप्रबन्धक ढुंगानाले कार्यक्रममा सहभागीहरुको जिज्ञासा समाधान गर्नुका साथै आगामी दिनमा पनि यस्तै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैमा “विश्व लगानीकर्ता सप्ताह २०२३” को सफलताको सुभकामना समेत व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार