एकदिवसीय विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

एकदिवसीय विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • images
    images
    एकदिवसीय विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

    अहमदाबाद / एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ७ किवेटले हराएको छ । अहमदाबादमा शनिबार भएको खेलमा पाकिस्तानमाथि आफ्नो दबदबा कायम राख्दै भारतले शानदार जीत निकालेको हो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ११७ बल बाँकी छँदै पछ्यायो । 

    पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर ३०.३ ओभरमा पूरा गर्‍यो । भारतको जितमा कप्तान रोहित शर्माले ८६, श्रेयस ऐयरले अविजित ५३, केएल राहुलले अविजित १९ तथा विराट कोहली र शुभमन गिलले १६÷१६ रनको योगदान दिए । 

    टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले अर्धशतक पूरा गरे भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह साफिकले २० र हसन अलीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । 

    बलिङतर्फ भारतका जसप्रित बुमरामह, मोहम्मद सिराज, हार्दिक पाण्डे, कुलदीप यादव र रवीन्द्र जडेजाले समान २ विकेट लिए ।

    भारतले यसअघिका सातवटा विश्वकपमा पाकिस्तानलाई हराएको थियो । यो जीतसँगै भारतले यो संख्या ८ पुर्याएको छ । यी दुई राष्ट्रबिच विश्वकपमा सबैभन्दा पहिले सन् १९९२ मा पहिलो खेल खेलिएको थियो । 

    उक्त खेलमा भारत ४३ रनले विजयी भएको थियो । सन् १९९६ को विश्वकपमा भारतले पाकिस्तानलाई ३९ रनले हराएको थियो । त्यसपछि सन् १९९९ को विश्वकपमा भारतले पाकिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।

    सन् २००३ को विश्वकपमा पाकिस्तानी टोली भारतसँग ६ विकेटले हारेको थियो । सन् २०११ को विश्वकपमा भारतले पाकिस्तानलाई २९ रनले हराएको थियो । 

    सन् २०१५ को विश्वकपमा भारतले पाकिस्तानलाई ७६ रनले हराएको थियो । अन्तिम पटक सन् २०१९ को विश्वकपमा पनि भारतले आफ्नो चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ८९ रनको विजय प्राप्त गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार