images
images

आइएमई पे मार्फत  होटेल एन्ड होमको वेबसाइट चेकआउटमा भुक्तानी गर्दा छुट

आइएमई पे मार्फत  होटेल एन्ड होमको वेबसाइट चेकआउटमा भुक्तानी गर्दा छुट

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • images
    images
    आइएमई पे मार्फत  होटेल एन्ड होमको वेबसाइट चेकआउटमा भुक्तानी गर्दा छुट

     
    काठमाडौँ / नेपालको पहिलो डिजिटल  वालेट 'आइएमई पेले' हालै होटेल एन्ड होमसँग सम्झौता गरेको छ । जसअन्तर्गत  होटेल एन्ड होमको वेबसाइट मार्फत  नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी  आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले  फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन्। नजिकिदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागु हुनेछ। 

    images
    images

    आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत  उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन्। नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। 

    नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

    आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति(व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार