images
images

हालसम्म ९ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनले बैंकको कति ?

हालसम्म ९ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनले बैंकको कति ?

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • images
    images
    हालसम्म ९ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनले बैंकको कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म ९ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले आफ्नो गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । 

    images
    images

    अब ११ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छ । बाँकी बैंकहरु पनि लाभांश घोषणाको तयारीमा जुटेका छन् ।

    लाभांश घोषणा गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंक हुन् ।

    यी लाभांश घोषणा गरेका बैंकहरुमध्ये ६ बैंकहरुले भने लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् भने कतिपयले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । स्ट्याण्डर्ट चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंकले भने बुक क्लोज र साधारण सभाको मिति तय गरिसकेका छन् । नेपाल एसबिआई बैंकको भने बुक क्लोज मिति तय हुन बाँकी छ ।

    लाभांश घोषणा गरेका बैंकहरुमध्ये एनआईसी एशिया बैंकले चुक्ता पूँजीको कूल ३० दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २९ प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश हो ।

    त्यस्तै, एभरेष्ट बैंकले चुक्ता पूँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनश शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ । सानिमा बैंकले चुक्ता पूँजीको कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनश शेयर र ५ दशमलव ७ प्रतिशत नगद रहेको छ ।

    माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

    सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । बैंकले कुल ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले बुक क्लोज मिति तय गरेको छैन् ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । बैंकले सो प्रस्ताव पारित गर्नका लागि मंसिर २४ गते सभा आब्हान गरेको छ । बैंकले मंसिर ७ गते बुकक्लोज गर्ने भएको छ।

    त्यस्तै, ग्लोबल आइएमई बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले सो प्रस्ताव पारित गर्नका लागि मंसिर २८ गते सभा बोलाएको छ । बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।

    त्यसैगरी नेपाल एसबिआई बैंकले हाल कायम चुक्ता पूँजीको कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कुलमध्ये ३.७५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) दिने भएको छ ।

    बैंकहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । चालु आर्थिक वर्ष सुरु भएसँगै सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार