images
images

कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छः अध्यक्ष केसी

कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छः अध्यक्ष केसी

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छः अध्यक्ष केसी

    काठमाडौं / नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर एक प्रतिशत घटेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

    images
    images

    उनले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गरे । आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गरे ।

    उनले अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक रूपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताए । बैंकहरूमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतीहरू रहेको उनको भनाइ छ । 

    उनले भने, "छिल्लो समय उच्च भनिएको बैंकको ब्याजदर अहिले आएर घट्ने क्रममा छ । अघिल्लो वर्षदेखि अहिलेसम्म कर्जामा लिने ब्याज एक प्रतिशतभन्दा बढीले घटिरहेको अवस्था छ । बैंकको वेसरेट पनि घटेर एकल अंकमा आइसकेको छ । बैंकको ब्याजदर घट्ने क्रम जारी छ । यसले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौँ ।" 

    केसीले गत वर्षको तुलनामा बैंकहरूको नाफा २८ प्रतिशतले घटेको बताए । दक्षिण एसियाका अन्य देशहरू भन्दा राम्रो गरिरहेको अवस्था भएपनि सजग हुनुपर्ने अवस्था रहेको उल्लेख गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार