images
images

रियलमीको ‘दशैँ तिहार उमङ्ग : उपहारले सबै दङ्ग’को विजेता घोषणा, विजेताले पाए स्कुटर र टेलिभिजन

रियलमीको ‘दशैँ तिहार उमङ्ग : उपहारले सबै दङ्ग’को विजेता घोषणा, विजेताले पाए स्कुटर र टेलिभिजन

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • रियलमीको ‘दशैँ तिहार उमङ्ग : उपहारले सबै दङ्ग’को विजेता घोषणा, विजेताले पाए स्कुटर र टेलिभिजन

    काठमाडौँ / सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले ‘दशैँ तिहार उमङ्गः उपहारले सबै दङ्ग’ क्याम्पेनका विजेताहरू घोषणा गरेको छ । क्याम्पेनको बम्पर उपहारमा टिभिएस एन्टर्क  स्कूटर, वासिङ मसिन, रियलमी जिटी प्रो २ र टेलिभिजन सेट राखिएको थियो । 

    images
    images
    images
    images

    न्यू रामेश्वरम सप्लायर्सबाट बिनिता चौधरीले टिभिएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारको रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन जित्न सफल भएका छन् । 

     

    त्यसैगरी एसबी भिजनबाट बाबुराम बस्नेतले ७ केजीको कोनका अटो वासिङ मेसिन र ओम मोबाइल सेल्स सेन्टरबाट मनिषा महासेठले ५५ इन्चको फोरके कोनका टेलिभिजन जित्न सफल भएका छन् ।
    रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “दैनिक, साप्ताहिक र बम्पर पुरस्कारका सबै विजेताहरूलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ । प्रविधि र नवप्रवर्तनमा रियलमीले निरन्तर नेतृत्व गरिरहेको छ, जसको लागि हामीलाई हाम्रा गा्रहकहरुले माया र साथ दिनुभएको छ । वहाँहरुको यो अटुट माया र विश्वासको लागि हामी हृदयदेखि नै आभारी छौँ ।" 

    नेपालीहरुको महान पर्व दशैँ, तिहार, एवम् छठको उपलक्ष्यमा रियलमीले दशैँ तिहार उमङ्गः उपहारले सबै दङ्ग क्याम्पेन ल्याएको थियो । यो क्याम्पेन असोज २८ गतेदेखि कर्तिक २९ सम्म realmecampaigns.com मा जारी रहेको थियो ।

    यस क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले realmecampaigns.com मा गएर आफुले खरिद गरेको नयाँ स्मार्टफोनको आईएमईआई नम्बर, फोन नम्बर, स्मार्टफोनको मोडल र नाम दर्ता गर्नुपर्ने थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार