images
images

च्याउको अनुसन्धानका लागि नाष्ट र मसरुम सीड नेपाल बिच सम्झौता, च्याउखेती प्रवद्र्धनका लागि सहयोग पुग्ने अपेक्षा

च्याउको अनुसन्धानका लागि नाष्ट र मसरुम सीड नेपाल बिच सम्झौता, च्याउखेती प्रवद्र्धनका लागि सहयोग पुग्ने अपेक्षा

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • च्याउको अनुसन्धानका लागि नाष्ट र मसरुम सीड नेपाल बिच सम्झौता, च्याउखेती प्रवद्र्धनका लागि सहयोग पुग्ने अपेक्षा

    काठमाडौं/ नेपाल विज्ञान तथा प्रविधि  प्रज्ञा  प्रतिष्ठान  र मसरुम सीड नेपाल एण्ड रिसर्च बिच एक सम्झौता भएको छ ।  सम्झौता अनुसार नेपालमा च्याउको अनुसन्धान विकास र प्रवद्र्धनका लागि सहयोग पुग्ने अपेक्षा राखिएको छ । 

    images
    images

    नेपालमा सयौं बहुमूल्य च्याउहरु पाइन्छन् । विभिन्न जातका जंगली च्याउ, यार्सागुम्बा, खानको लागि प्रयोग हुने कन्य च्याउ गोब्रे च्याउ, बगाले च्याउ लगायत  च्याउका जातहरु नेपालमै पाइन्छन् ।

    तर, व्यवसायिक खेतीका लागि अहिलेपनि किसानहरुले च्याउको मूख्य बिउ आयात गर्नुपर्ने स्थिति छ । अझै नेपालमा पाइने कतिपय च्याउको अनुसन्धान हुन सकेको छैन । रिसर्च सेन्टरका प्रमुख आकाश बांडेले भने, सम्झौताले च्याउको विकास प्रवद्र्धन र अनुसन्धानमा अझै प्रोत्साहन मिलेको छ । 

    नाष्टका अुनसार बहुमूल्य रैथाने जंगली च्याउहरुको मूल्य अभिबृद्धिकरण, खेती प्रविधि विकास गर्ने  उद्धेश्यले उक्त सम्झौता गरिएको हो । यस्तै, अन्य प्रमुख आयातित च्याउहरुको ठाउँ सुहाउँदो सरल तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरुमा  हस्तान्तरण गर्न, साथै राष्टिय च्याउ उद्योगलाई उपयोगी आवश्यक अनुसन्धान विकासका कार्यहरुलाई संयूक्त  रुपमा अघि बढाउन यस्तो सम्झौता गरिएको हो । 

    narc.JPG

    प्रेस विज्ञप्ति अनुसार मसरुम सीड नेपालले च्याउ सम्बन्धी प्राविधिक अनुसन्धानहरुमा नेतृत्वदायी  भूमिका खेल्नको लागि नाष्टमा उपलब्ध सेवाहरु उपयोग गर्न सक्नेछ, भने अन्य प्राविधिक सहयोग पाउने पनि छ । यस्तैगरी नाष्टले रिसर्च सेन्टरको फार्मलाई फिल्डमा हुने अनुसन्धान कार्यको लागि आवश्यक ठाउँ विजुली पानीसहित उपयोग गर्ने छ ।

    #सम्पादन गरिएको  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार