images
images

संसद्भित्र नारा लगाएपछि भारतका अधिकांश विपक्षी सांसदलाई संसद्मा रोक

संसद्भित्र नारा लगाएपछि भारतका अधिकांश विपक्षी सांसदलाई संसद्मा रोक

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • संसद्भित्र नारा लगाएपछि भारतका अधिकांश विपक्षी सांसदलाई संसद्मा रोक

    विपक्षी दलका आधाभन्दा बढी सांसदलाई गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ । 

    images
    images

    निलम्बित एक सय ४१ सांसद आगामी वर्षको सुरुमा हुन गइरहेको आम निर्वाचनमा लड्न गठित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए–इन्डिया) भनिने २६ दलको विपक्षी समूहका हुन् । 

    डिसेम्बर १३ मा एक व्यक्तिले माथिल्लो दर्शकदीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेर पहेँलो धुवाँ छाडेपछि सांसदहरूलाई आश्चर्यचकित बनाएका थिए । 

    सो घटनाको भोलिपल्ट सुरक्षा उल्लङ्घनको विरोधमा १४ सांसदलाई चेम्बरबाट रोक लगाइएको थियो र सोमबार ७८ विपक्षी सांसदलाई बाँकी सत्रबाट निलम्बन गरिएको थियो । 

    संसद् अधिवेशन शुक्रबार समाप्त हुँदैछ । शक्तिशाली गृहमन्त्री अमित शाहको राजीनामा माग गर्दै संसद्भित्र नारा लगाएपछि मङ्गलबार थप ४९ सांसदलाई प्रतिबन्ध लगाइएको छ । 

    निलम्बित सांसद तथा विपक्षी कांग्रेस पार्टीका नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “अर्थपूर्ण बहसबिना खतरनाक विधेयकहरू पारित गर्न सकियोस् भनेर विपक्षीहरूलाई सम्पूर्णरूपमा समाप्त गरिँदैछ।”

    संसद्मा हमला भएको २२औँ वार्षिक दिवसका दिन धुवाँ विरोध भएको थियो । बाइस वर्षअघि पुरानो संसद् भवनमा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीको गोली हानी हत्या गरेका थिए । 

    प्रधानमन्त्री नरेन्द्र मोदीले दैनिक जागरण अखबारलाई दिएको दुर्लभ अन्तरवार्तामा घटनालाई ‘अत्यन्त गम्भीर’ भन्दै विस्तृत जाँचको आदेश दिए तर यसबारेमा बहस गर्नुपर्ने कुनै आवश्यकता नभएको बताए । 

    अत्यन्त लोकप्रिय प्रधानमन्त्री मोदीले आगामी वर्षको मेमा हुन गइरहेको राष्ट्रिय निर्वाचनमा तेस्रो पटकको कार्यकालका लागि उम्मेदवारी दिन खोजेका छन् ।

    प्रहरीले विरोध प्रदर्शनमा कारवाही गरेको, सत्ताारूढ दलले व्यापारिक सहयोगीहरूबाट यथेष्ट पैसा प्राप्त गरेको र प्रेस स्वतन्त्रतामा कटौती गरेको आधारमा मोदी नेतृत्वको भारत राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताको मामिलामा फ्रिडम हाउसको वरियतामा तल झरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार