ढड्डा प्रणालीबाट डिजिटल युगमा राष्ट्रिय वाणिज्य बैङ्क, बन्यो सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्क

ढड्डा प्रणालीबाट डिजिटल युगमा राष्ट्रिय वाणिज्य बैङ्क, बन्यो सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्क

मंगलवार, पुस १० २०८०
मंगलवार, पुस १० २०८०
  • images
    images
    ढड्डा प्रणालीबाट डिजिटल युगमा राष्ट्रिय वाणिज्य बैङ्क, बन्यो सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्क

    काठमाडौँ / वि.सं. २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैङ्कको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ । 

    नेपालका वाणिज्य बैङ्कहरू मध्ये सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ ।

    यसैसन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडलाई नेपालका बैङ्कहरूमध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्कको रूपमा आइतबार साँझ सम्मानित गरेको छ । 

    एक विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका छन् । 

    बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैङ्क परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको बताए । 

    बैङ्कले अन्तराषर््िट्रय स्तरको उन्नत बैङ्किङ्ग प्रविधिमा आधारित कोर बैङ्किङ सफ्टवेयर भित्र््याउन आइटी इन्हान्समेन्ट रोडम्यापअन्तर्गत कार्य समेत गरिरहेको उनले बताए । 

    उनले बैङ्कले आधुनिक डिजिटल बैङ्किङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरूलाई निर्धक्कसँग बैङ्किङ्ग सेवा प्रयोग गर्न अनुरोध गरेका छन् । 

    साथै, उनले बैङ्कको उपरोक्त प्रगतिका लागि सम्पूर्ण ग्राहकहरू, शेयरधनी, नेपाल सरकार, राष्ट्र बैङ्क, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरूप्रति बैङ्कको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरे ।

    बैङ्कका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैङकिङ्ग सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पिओएस (पोइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिड कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैङ्किङ्ग, परिष्कृत रूपको मोवाइल बैङ्किङ्ग (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने युएसएसडि मोवाइल बैङ्किङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार