काठमाडौँ / सार्वजनिक खरिद अनुगमन कार्यालयले एक भारतीय कम्पनीसहित चार ओटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले समयममै नियमानुसार काम नगर्ने तीन ओटा कम्पनीलाई तीन बर्ष र एउटा कम्पनीलाई दुई बर्ष कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्ने कम्पनीहरूमा पश्चिम बङ्गाल भारतको एम.पी. सितानी एण्ड सन्स, सर्खुतको सूर्य कन्स्ट्रक्सन फर्म, सुकेधार काठमाडौँको एलिट कन्सट्रक्सन र बिराटनगर, मोरङको भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि. रहेका छन् ।
कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा भएको अवधिमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।