images
images

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

बुधवार, पुस २४ २०८१
बुधवार, पुस २४ २०८१
  • अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?
    images
    images

    आर्थिक रुपमा सम्पन्न मुलुकका विश्व कहलिएका विश्वविद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थीको चाहाना हुन्छ । तर, कुन मुलुक कसरी पुग्न सकिन्छ, अध्ययन तथा अन्य बसाईको अवस्था के हुन्छ भन्ने सहि जानकारी लिन नपाउँदा धेरै विद्यार्थीहरुले दुःख पाइरहेका हुन्छन् ।  

    कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही युरोप अमेरिका  । राम्रो ठाउँ, गुणस्तरीय काम र अध्ययनको लागि मानिसहरु भौँतारिरहेका हुन्छन् । 

    कुन कन्सल्टेन्सीबाट आफुले डकुमेन्ट पेश गरेर आवेदन दिने भन्ने पनि आम  जनमानसमा चासो र चर्चा हुने गर्दछ । 
     
    पछिल्लो समय कुन देश जादाँ राम्रो हुन्छ ?
     कसरी जाने ? के हुन्छ भिसा प्रक्रिया ? कति खर्च लाग्छ ? कसरी जाने ? कहाँ पढ्ने ? लगायत विषयहरु रहेका छन् । 

    विगत लामो इतिहास बोकेको बानेश्वरमा अवस्थित माइल्स इन्टरनेसनल कन्सल्टेन्सीले सहि परामर्श सेवा प्रवाह गरिहेको  जनाएको छ । 


    २०१५ मा स्थापित कन्सन्टेन्सीले शरूवातमा नै अस्ट्रेलियाका लागि सेवा प्रदान गरेको थियो । 

    हाल अस्ट्रेलिया, क्यानडा युएसए र युकेलाई फोकस गरेर अगाडि बढिरहेको छ । 

    माइल्स इन्टरनेसनल कन्सन्ट्रेन्सीको काठमाडौँ लगायत, देशभित्र  दाङको तुलसीपुर, बुटवलको ट्राफिक चोकमा शाखा कार्यालयहरू समेत विस्तारित छन् । देश बाहिर अस्ट्रेलियाको सिड्नी र क्याभेरा, भियतनाम र ब्राजिलमा समेत सेवा कार्यालयहरू छन् । 

     
    अस्ट्रेलिया, क्यानडा, युके, युएसए, जापान, कोरिया लगायत युरोपका १० भन्दा धेरै देशहरूमा नेपालहरूको उत्कृष्ट गन्तव्य तय गर्दै आईरहेको माइल्स इन्टरनेसनल कन्सन्टेन्सीले उत्कृष्ट सेवा प्रवाह गर्दै सयौं आम सर्वसाधारणहरूलाई सहयोग पुर्याइरहेको छ । उज्यालो भविष्य खोज्दै विभिन्न मुलुक जान चाहनेहरुका लागि आयल्स, पिटीई र जापानीज विषयहरू अहिले कन्सन्टेन्सीले फोकस गरिरहेको छ।

     
    विशेषगरी यसै विषयमा केन्द्रित रहेर पछिल्लो समय अस्ट्रेलियाको विशेष चर्चा भईरहँदा के कसरी यहाँ जाने ? प्रक्रिया के छ ? कति खर्च लाग्छ ? कुन भिसामा जाने ? कहाँ बस्ने खाने ? लगायतका विभिन्न विषयहरूमा कन्सल्टेन्सीका कार्यकारी निर्देशक रविन पराजुली्सँग गरिएको छोटो कुराकानीः 

    पछिल्लो समय अस्ट्रेलिया जान के कस्ता अफ्ठेराहरु छन् ?
     
    अहिले अष्ट्रेलिया जान पहिला भन्दा केही हदसम्म गाह्रो भएको होकी भन्ने जनमानसमा परेको छ । 

    विशेषगरी, आर्थिक अवस्था राम्रो रहेको, शैक्षिक क्षेत्रको डकुमेन्ट र बजारमा चलेका हल्लाहरूले यहाँ जान गाह्रो अवस्था सिर्जना भएको हो। यदि डकुमेन्ट राम्रो भए अस्ट्रेलिया जान आवश्यक प्रक्रिया पुरा गरे त्यति धेरै गाह्रो छैन । आयल्स र पिटिई गरेर राम्रो अंकसहित अस्ट्रेलिया जान सकिन्छ। फाइनासियल रूपमा आम्दानीको स्रोत बलियो  र एक वर्ष अगाडिदेखि नै बैंक खातालाई राम्रोसँग मेन्टेनेन्स गरेर अगाडि बढ्नाले समस्या हुँदैन । अस्ट्रेलियाले तोकेको निश्चित घेरा भित्र रहँदा राम्रोसँग भिसा आइरहेको छ। 

    पढ्नका लागि शैक्षिक क्षेत्रमा कति अंक ल्याउँदा राम्रो देखिन्छ ?

    राम्रो शैक्षिक ब्याकग्राउन्ड भएको, २.९-३ भन्दा राम्रो अंक ल्याएका ब्याचलर र मास्टर्सको लागि ६० प्रतिशतभन्दा बढी अंक ल्याउन आवश्यक देखिन्छ । पढनका लागि विभिन्न सुविधाहरू उपलब्ध छ ।
     
    नेपालीहरूलाई कुन क्याटगोरीमा अस्ट्रेलियाले जान्दछ ?

    विशेषगरी, अस्ट्रेलियामा काम गर्न जाने भन्दा पनि पढ्नका लागि जानेहरू धेरै छन् । अस्ट्रेलियाले अहिले राम्रोसँग यहाँ आएर पढ्नका लागि वातावरण राम्रो उपलब्ध गराएको छ । 
     
    अहिले अस्ट्रेलिया जानको लागि कहिलेको ‘इन्टेक’ लिन सकिन्छ ?
     
    अहिलेको नेक्स इन्टेक भनेको २०२५ फेब्रुअरी मार्च इन्टेक हो । 
    अहिले २०२४ मा १२ कक्षा पास गरेर बसिरहेका विद्यार्थीहरूले अहिले अप्लाई गर्दा २०२५ को फेब्रुअरी मार्च  र जुलाई इन्टेक हुनेगरी गर्नुपर्ने देखिन्छ भने ब्याचलर र मास्टर्स पास आउटहरूलाई ग्यापले  खासै समस्या रहँदैन।

     डिपेन्डेन्टमा लान पाइन्छ कि पाइदैन ?

    अहिले आफु पढ्नका लागि अस्ट्रेलिया जानेहरूले डिपेन्डेन्टमा पनि लान पाउँछन् ।त्यसो त अस्ट्रेलियामा गएर मास्टर्स पढ्न चाहानेहरूले डिपेन्डेन्टमा लान पाउने अवस्था छ । 

    मास्टर्स वा सो भन्दा माथि तहमा पढ्न चाहाने ब्यक्तिहरूले भने प्रक्रिया पुरा गरेर डिपेन्डेन्टमा लान पाउँछन् । मास्टर्सभन्दा तल्लो तहमा पढ्न जाने विद्यार्थीहरूले अस्ट्रेलिया गएर एक सेमेस्टर पढिसकेपछि र नेपालको कानुन अनुसार २० वर्ष उमेर पुग्न जरुरी छ।

    विद्यार्थीहरूलाई पढ्दै काम गर्न कस्तो छ अस्ट्रेलियामा ?
     
    विद्यार्थीहरूलाई अस्ट्रेलियाले राम्रो सुविधा दिएको छ। प्रत्येक हप्तामा २४ घण्टा काम गर्न पाउने छन् । केही नियम फरक रहेपनि विद्यार्थीहरूले आफ्नो समय अनुसार मिलाएर काम दिएको छ । सेमेस्टर बिदाको दिन विद्यार्थीहरूलाई पुरा समय काम गर्न दिने गरेको छ।
     
    अस्ट्रेलिया पलायन हुनेहरूको लागि के छ अवस्था ?

    अहिले त्यहाँ बस्न जानेहरूका लागि भने अस्ट्रेलियाले अस्थायी बसोबासका लागि राम्रो सेवा सुविधा दिएको छ। 

    आफुले पढेको विषयमा राम्रोसँग दक्षता हासिल गरेर त्यसै अनुरूपको काम विद्यार्थीले पाएमा स्थायी बसोबासको लागि पनि बाटो खुल्नेछ।
     
    बिरामी भएमा अस्ट्रेलियामा के छ अवस्था ?

    भिजा अप्लाई गर्दा नै (ओ. एस. एच. सी. गरेको हुन्छ। इन्स्योरेन्सले गरेकोले नै कभर गर्छ । कुनै कारणवश दुर्घटना भए वा केही भए त्यसैले कभर गर्छ । हेल्थ कभरका लागि अन्तराष्ट्रिय विद्यार्थीहरूलाई लागि दिएको राम्रो सुविधा हो।
     
    त्यहाँ बस्नका लागि (पिआर) का लागि के छ प्रक्रिया ?  

    पिआरको लागि समयवधि हुँदैन । तीन वर्षको ब्याचलर सकेर दुई वर्षको (पि.एस.डब्लू. पढ्दा पढ्दै आफ्नो विषय अनुसारको काम पायो भने पि आरको बाटो खुल्दछ । तर, आफुले पढेको विषय अनुसार काम पाइएन भने अस्ट्रेलिया बस्न पिआर पाउन निकै गाह्रो छ।
     
    भिषा लागेन भने रिफन्डको के छ अवस्था ?
     
    भिसा त सबैको नै लाग्छ भन्ने हुँदैन । यदि केही गरेर अप्लाई गरेपछि भिसा लागेन भने, अस्ट्रेलियाको शैक्षिक संस्थाले  थोरै रकम काट्छ र बाँकी पैसा बैंक खातामा नै फिर्ता गरिदिन्छ । उनीहरूले हामीले निवेदन दिएको २८ दिनभित्र रिफन्ड गरिदिन्छ।  
     
    कति लाग्छ युनिभर्सिटी अनुसारको पैसा ?
     
    अस्ट्रेलियाको युनिभर्सिटी अनुसारको पैसा फरकफरक रहेको छ। 
    विशेषगरी २०/२२ लाखदेखि ३० लाख भित्रको रकममा अस्ट्रेलियामा पढ्न सकिन्छ ।
     
    केही गरेर युनिभर्सिटी बन्द भए वा विद्यार्थीले पढ्न चाहेको विषय पढ्न नपाए  पैसा के हुन्छ ?
     
    यस्तो अवस्थामा कुनै कारणले विश्वविद्यालय बन्द भए त्यहाँको सरकारले समयवधि दिएर अर्को नयाँ युनिभर्सिटीमा पढ्नको लागि ब्यवस्था मिलाइदिन्छ। 

    त्यहाँको सरकारले (ईएसओ इसएक्ट २०००) भन्ने्‌ने कानुन अनुसार यो कुराको सुनिश्चित पाउने गर्छन् । विद्यार्थीहरूले आफ्नो पैसा फस्यो भन्ने वातावरण यहाँ सिर्जना हुने छैन ।
     
    १८ वर्षभन्दा कम उमेरका विद्यार्थीको लागि कस्तो छ अवस्था ?
     
    आफु अस्ट्रेलिया जानका लागि युनिभर्सिटीको रूममा बस्ने वा आफन्तकोमा बस्न पनि पाउने अवस्था छ । विद्यार्थी १८ बर्ष हुँदा एप्प्रुभ होमिस्टेमा त्यहीँ बस्नुपर्ने हुन्छ र पछि आफुलाई इच्छा भएको ठाउँमा बस्न पाइन्छ ।

    हालको अवस्था कस्तो छ ?

    जुनसुकै अवस्थामा पनि विद्यार्थीहरूका लागि अस्ट्रेलिया उत्कृष्ट गन्तव्यका रूपमा विकसित मुलुक हो । 
    अहिले विद्यार्थीहरूका लागि आर्थिक रूपमा बलियो भएको देखिदैन भने एक वर्ष अगाडिदेखि नै बैंक अकाउन्ट् राम्रोसँग बलियो बनाउँदै जानुपर्छ । कन्सल्टेन्सीका परामर्श दाताहरूसँग राम्रो बुझ्नु आवश्यक छ । किनभने, समय समयमा यहाँका नियमहरू परिवर्तन भईरहेको हुन्छ ।
     
    बजारमा हल्ला भए अनुसार डिपेन्डेन्ट लान नपाईने हल्ला एकातिर छ भने  मास्टर्समा पनि डिपेनडेन्ट लान पाइदैन भन्ने कुरा पनि छ नि ?
     
    अस्ट्रेलिया  हाइकमिशनले कतैपनि डिपेन्डेन्ट लान पाइदैन भनेको अवस्था छैन । तर, युनिभर्सिटी अनुसार फरक फरक नियमहरू छ । कुनैले विद्यार्थीको र डिपेन्डेन्टमा जाने ब्यक्तिको पढाई उतिउति हुनुपर्छ भनेको छ भने, कसैले युनिभर्सिटीले कडा पनि गरेको हो । कुनैले विवाहित केस नलिने, २५ बर्ष माथिका विद्यार्थीलाई मास्टर्समा नलिने जस्ता विषयमा पनि छन् । 


    काम आफुले गर्नुपर्ने हो कि युनिभर्सिटीले काम खोजिदिने हो ?
     
    काम आफैंले खोज्ने हो र विद्यार्थी भिसाको नियम अनुसार काम गर्ने हो । युनिभर्सिटीले काम खोजेर लगाइदिने होइन ।

    अस्ट्रेलियाको भिजा शुल्क कति छ ?

    यो विश्वकै सबैभन्दा धेरै भिसा शुल्क हो हुन केही महिना अगाडि सात सय डलर  थियो भने अहिले ह्वात्तै बढेर सोह्र सय डलर पुगेको छ।
     
    नयाँ विद्यार्थीहरूले अस्ट्रेलिया जान के के गर्नुपर्छ त ?

    सबैभन्दा पहिला आफ्नो शैक्षिक स्तर बढाउन आवश्यक छ। त्यसपछि आयल्स, पिटिईमा राम्रो नम्बर  । आम्दानीको स्रोतलाई बलियो बनाउने । त्यस्तै, बैंक स्टेटमेन्टलाई एकदमै बलियो बनाउन बैंकिक कारोबार गर्न आवश्यक छ  । करको कागजपत्र सरकारलाई बझाउनु पर्छ । 

    यसले गर्दा अस्ट्रेलियाको भिसाको लागि केही समस्या आउने छैन ।  केही थप कुराहरु अझै माइल्स इन्टरनेसनल कन्सल्टेन्सी आएर बुझ्न सकिन्छ । 

    सुजन तिमल्सिना र रजिश श्रेष्ठले गरेको कुराकानीमा अधारित 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार