images
images

‘च्याउ महोत्सव’मा मसरुम सीड नेपालको तीन उत्पादन विशेष छुटमा पाइने, केके छन् आकर्षण ?

‘च्याउ महोत्सव’मा मसरुम सीड नेपालको तीन उत्पादन विशेष छुटमा पाइने, केके छन् आकर्षण ?

शनिवार, पुस १४ २०८०
शनिवार, पुस १४ २०८०
  • ‘च्याउ महोत्सव’मा मसरुम सीड नेपालको तीन उत्पादन विशेष छुटमा पाइने, केके छन् आकर्षण ?

    काठमाडौँ / मसरुम सीड नेपाल एन्ड रिसर्च सेन्टरले च्याउ दिवसको अवसरमा आयोजित ‘च्याउ मेला तथा परिकार महोत्सव’मा स्टल राख्ने भएको छ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आइतबार जावलाखेलस्थित खेल मैदानमा हुने एक दिने बहृत ‘च्याउ मेला तथा परिकार महोत्सव’मा मसरुम सीड नेपाल एन्ड रिसर्च सेन्टरले स्टल राख्ने भएको हो । 

    च्याउ प्रवर्द्धनका लागि, च्याउ उत्पादक किसान संघ नेपाल र व्यवसायिक किट विकास केन्द्र हरिहरभवन ललितपुरको संयुक्त आयोजनामा पुस १५ गते जावलाखेल खेलमैदानमा आयोजित उक्त मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । 

    मसरुम सीड नेपालले उक्त अवसरमा कन्य, गोब्रे, सिइताके, ब्ल्याक पर्ल, लायन्स मेन, रातो च्याउको बिउ आदि जातको च्याउको बिउहरू उपलब्ध हुने जनाएको छ । 

    त्यस्तै, कन्य च्याउ, काठको धुलो र काठको मुढामा सिइताके च्याउ, लायन्समेन च्याउ, रातो च्याउ प्रदर्शनीमा राखिने मसरुम सिड नेपालका निर्देशक आकाश बाडेले बताए ।

    उनका अनुसार नेपालमै पहिलो पटक फलेको रैथाने टर्की टेल च्याउ विशेष आकर्षणको रूपमा मेलामा राखिनेछ । 

    त्यस्तै, खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागबाट सूचीकृत भैसकेको रातो च्याउको धुलो अर्थात रेइसी मसरुम पाउडर रातो च्याउ र कोको मिक्स पाउडर  Ganoco र कन्ये च्याउको अचार प्रदर्शनीमा रहनेछ । 

    मेला अवधिभर तीन ओटै प्रोडक्ट ५० प्रतिशत छुटमा बिक्री वितरण गरिने उनले जानकारी दिए । हालसम्म मसरुम सीड नेपाल एन्ड रिसर्च सेन्टर अनुसन्धानबाट प्राप्त उपलब्धिहरू प्रदर्शनीमा राखिने निर्देशक बाडेले बताए। 

    जङ्गलबाट सङ्कलन गरी कृत्रिम रूपमा उत्पादन गरिएका च्याउहरू, फरक जातका च्याउहरूबिच हाइब्रीड गरिएका सफल भएका च्याउहरू विशेष आकर्षण हुने उनको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार