images
images

परिणाम दिनेगरी काम गर्न निगम नेतृत्वलाई पर्यटनमन्त्री किरातीको निर्देशन

परिणाम दिनेगरी काम गर्न निगम नेतृत्वलाई पर्यटनमन्त्री किरातीको निर्देशन

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • परिणाम दिनेगरी काम गर्न निगम नेतृत्वलाई पर्यटनमन्त्री किरातीको निर्देशन
    images
    images
    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले परिणाम दिनेगरी काम गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नेतृत्वलाई निर्देशन दिएका छन् । 
     
    निगमको विद्यमान अवस्थालाई सुधारेर नतिजा निकाल्न निगम व्यवस्थापनलाई पटक-पटक निर्देशन दिइए पनि परिणाम नआएको जनाउँदै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको ध्यानाकर्षण गराएका हुन् । 
     
    सन् २०१२ बाट ‘ग्राउन्डेड ट्विनअटर’ जहान बनाउन पर्यटनमन्त्री किरातीले निर्देशन दिएको करिब ६ महिना भए पनि नतिजा आउन नसकेको जनाइएको  छ ।
    कानुनी प्रक्रिया पूरा भएको दुई महिनामा जहाज बनाइसक्ने निगमका कार्यकारी अध्यक्षले मन्त्री किरातीलाई आश्वासन दिएका थिए ।
     
    मन्त्री किरातीको निर्देशनपछि वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्री किरातीले सञ्चारमाध्यममा हाल सञ्चालनमा रहेको दुई र नयाँ खरिद गरिने तीन जहाजसँगै ग्राउन्डेड जहाज बनाएर ६ थान जहाजबाट दुर्गममा सेवा दिने बताउँदै आएका थिए । तर ग्राउन्डेड जहाज नबनेपछि सोमबार पर्यटनमन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको जहाज मर्मतस्थलमा अनुगमनका लागि पुगेका थिए । 
     
    जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किरातीले सन्तोषजनक जवाफ नपाएपछि कडारुपम प्रस्तुत भएका थिए । “जनताले कागजात हेर्दैनन् परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो”, पर्यटनमन्त्री किरातीले भने, “जहाज कहिलेसम्म बनि सक्छ ? यसको उत्तर चाहियो ? पहिला जस्तो ढाँट्न पाइन्न । मलाई परिणाम चाहिएको हो । परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने ?”
     
    मन्त्री किरातीले आफूलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेको र प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिएको जनाउँदै निगम नेतृत्वबाट परिणाम नदिने हो भनी नेतृत्वमा किन बसिरहनुपर्ने भनी प्रश्न गरे ।
     
    पर्यटनमन्त्रीका अनुसार निगम बोर्ड बैठकबाट करिब २० करोडसम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो । तर हालसम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाई निगम व्यवस्थापनले आलटाल गरिरहेको उनको भनाइ छ । 
     
    मन्त्री किरातीले प्रत्येक हप्ता आफू निरीक्षणमा आउने र कार्ययोजनाअनुसार काम गरेर प्रगति विवरण आफूलाई पेस गर्न निगमलाई निर्देशन दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार