images
images

इन्ड्राइभ विश्वभर सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो ट्राभल एप, राइड–हेलिङ एपमा दोस्रो

इन्ड्राइभ विश्वभर सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो ट्राभल एप, राइड–हेलिङ एपमा दोस्रो

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • इन्ड्राइभ विश्वभर सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो ट्राभल एप, राइड–हेलिङ एपमा दोस्रो

    काठमाडौँ / इन्ड्राइभ, ४६ देशहरूमा सञ्चालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म, सन् २०२३ मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बन्न सफल भएको छ ।

    डाटा डट एआईको अनुसार इन्ड्राइभ लगातार दोस्रो वर्ष पनि यो  स्थानमा रहन सफल भएको हो । यसको साथै इन्ड्राइभ ट्राभल क्याटेगोरी अन्तर्गत विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो एपको रूपमा -यांक गर्न सफल भएको छ । गुगल प्ले र एप स्टोर डाटा (चीनमा आईओएस मात्र) अनुसार २०२३ मा इन्ड्राइभ कुल ६६.६ मिलियनपटक डाउनलोड भएको हो ।

    इन्ड्राइभले आफ्नो मुख्य सेवा राइड सेयरिङ अफरलाई नयाँ देशहरूमा विस्तार गर्दै हालै कुरियर डेलिभरी जस्ता नयाँ सेवाहरू पनि थप्दै विस्तार भैरहेको छ । नेपालमा इन्ड्राइभ सन् २०२२ देखि सञ्चालन भइरहेको छ र अहिले सबैभन्दा लोकप्रिय राइड सेयरिङ सेवाहरू मध्य एक हुन सफल भएको छ । सन् २०२३ मा इन्ड्राइभले अमेरिकाको मायामी र दक्षिण फ्लोरिडा सहित धेरै नयाँ स्थानहरूमा आफ्नो सेवाहरू सुरू गरेको थियो ।

    आफ्नो नयाँ पियर–टु–पियर मूल्य निर्धारण मोडेलको लाभ उठाउँदै एवम् तिव्र रुपमा विकास गर्दै इन्ड्राइभ यात्रुहरूका लागि किफायती आवतजावतको विकल्प र चालकहरूका लागि उचित आम्दानीका अवसरहरू सिर्जना गर्न मद्दत गर्दै विश्वव्यापी रूपमा सामाजिक अन्यायलाई चुनौती दिने आफ्नो सुपर मिशन प्राप्त गर्न प्रतिबद्ध छ । 

    यसका साथै कम्पनीले उत्सर्जन घटाउने प्रयासमा विभिन्न क्षेत्रहरूमा विद्युतीय सवारीसाधनहरु थप्न थालेको छ । यसबारे बोल्दै इन्ड्राइभका संस्थापक र सीईओ आर्सेन टम्स्कीले भने, “इन्ड्राइभले विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राखेको छ । यसमा हामी अत्यन्तै खुशी छौँ । यो श्रेय हाम्रो टोलीको अथक प्रयास र हाम्रा प्रयोगकर्ताहरूले हामी माथि गर्नुभएको विश्वासको प्रमाण हो । इन्ड्राइभमा हाम्रो सुपर मिशन भनेको सामाजिक अन्यायलाई चुनौती दिनु हो । र हामी उचित मूल्यमा भरपर्दो मोबिलिटी सर्भिसहरु उपलब्ध गराउन र हामी हाम्रा समुदायका मानिसहरूका लागि अर्थपूर्ण आम्दानीका अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ, र हामीले यो कोसेढुङ्गा मनाईरहँदा इन्ड्राइभको सफलतालाई डाउनलोडको सङ्ख्याबाट मात्र नभई समुदाय र विश्वमा हामीले पार्न सकेको प्रभावबाट मापन गर्छौँ भन्ने कुरा पनि व्यक्त गर्न चाहन्छु ।”

    डाटा डट एआईका अनुसार इन्ड्राइभ पाकिस्तान, कोलम्बिया, इजिप्ट, पेरु र मोरक्को सहित १३ देशहरूमा सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप पनि हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार