images
images

कामना सेवा विकास बैङ्कद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास बैङ्कद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • कामना सेवा विकास बैङ्कद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

    काठमाडौँ / कामना सेवा विकास बैङ्कले काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ हस्तान्तरण गरेको छ ।  बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्भिस वुथ निर्माण गरी हस्तान्तरण गरेको हो ।

    उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेण्डरको लागि आफ्नो पेशालाई सहज र व्यवस्थित बनाउनको लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेण्डर सर्भिस बुथ निर्माण गरिएको हो । 

    उक्त बुथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं ३ का वडा सदस्य सिता थापाले गरेकी थिइन् । सो समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिहरूलाई व्यवस्थित वनाउनको लागि बैङ्कले गरेको सहयोगलाई धन्यवाद ज्ञापन गरिन् । 

    उक्त बुथ रानीबारीस्थित जुत्ता मेन्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा अन्य महानुभावहरूको उपस्थिती रहेको थियो ।  बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरूलाई एक व्यवस्थित स्थान प्रदान गरि उनिहरूको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्देश्य रहेको बैङ्कले जनाएको छ ।

    यससँगै बैङ्कले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने छ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार