राष्ट्रिय वाणिज्य बैङ्कले ल्यायो ‘मेरो घर कर्जा’ योजना, ब्याजदर एकल अङ्कमा, अब कति ?

राष्ट्रिय वाणिज्य बैङ्कले ल्यायो ‘मेरो घर कर्जा’ योजना, ब्याजदर एकल अङ्कमा, अब कति ?

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • images
    images
    राष्ट्रिय वाणिज्य बैङ्कले ल्यायो ‘मेरो घर कर्जा’ योजना, ब्याजदर एकल अङ्कमा, अब कति ?

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम ‘मेरो घर कर्जा’ योजना ल्याएको छ । घर खरीद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि अधिकतम पाँच कारोड रूपैयाँसम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ । 

    हाल बैङ्कको बेसरेट ८.२५ प्रतिशत रहेको छ यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैङ्कले ‘मेरो घर कर्जा’ लगानी गर्नेछ । 

    कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । यो कर्जा बैङ्कका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिनेछ ।

    हाल बैङ्कको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार