काठमाडौं/ पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त गरेका छन् । विगत दुई दशक भन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन् ।
उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय बोर्ड आइ बी सी सी इ एस ले उच्चतम कोटीको क्षमता परीक्षण गरी उक्त शीर्षक प्रदान गर्छ ।
उक्त बोर्डले अमेरिकाका सरकारी अधिकारीहरू,विशेषज्ञहरू का साथसाथै संसारभरीवाटै मापदण्ड पूरा गर्न सक्ने विशेषज्ञहरूलाई प्रमाणित गर्दै आएको छ ।
यस अघि नेपाललाई मापदण्डमा नराखिएको तथा सम्बोधन नगरेको अवस्थामा नेपाल एकेडेमी अफ साइकोलोजीको पहलमा उक्त बोर्डले नेपाललाई सम्बोधन तथा आफ्नो मापदण्डमा समेत सामेल गरेको थियो ।
जसरी गायक धिरज राईले नेपाल र बुद्धभूमिलाई संसारभरि चिनाइरहेका छन् त्यसरी नै हामी विशेषज्ञहरुले समेत आआफ्नो क्षेत्रबाट राष्ट्रिय स्वार्थको संरक्षण गर्नुपर्छ । विश्वका कुनाहरूमा यस्ता धेरै क्षेत्रहरू छन् जहाँ नेपाल देश भनेर समेत चिनिएको र समेटिएको छैन, आफ्नो फाइदा गर्दैगर्दा आफ्नो माटोलाई समेत बिर्सनु हुँदैन । विदेशी भूमिमा आफ्नो राष्ट्रको स्वार्थ संरक्षण गर्ने कर्तव्य सबै नेपालीको हो । यस कार्यका संयोजक तथा नेपाल एकेडेमी अफ साइकोलोजीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक उपहारजंग शाह बताउँछन् ।
मनोविद भगवती भट्टराई नेपाल एकेडेमी अफ साइकोलोजीका अध्यक्ष समेत हुन् भने आफ्ना २४ सै घण्टा अटिजम भएका बालबालिकाको थेरापी, शिक्षण, पालनपोषण तथा व्यवस्थापनमा बिताउँछिन् ।