चर्चित समाचार
  • नेपालको कुल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थको मात्रै, ७ महिनामा १ खर्ब ८४ अर्बको आयात

    नेपालको कुल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थको मात्रै, ७ महिनामा १ खर्ब ८४ अर्बको आयात

    बुधवार, फागुन ९ २०८०
    बुधवार, फागुन ९ २०८०
  • नेपालको कुल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थको मात्रै, ७ महिनामा १ खर्ब ८४ अर्बको आयात

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनामा १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको वैदेशिक व्यापार तथ्याङ्क अनुसार ७ महिना साउनदेखि माघसम्ममा मात्रै १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको हो । यो आयात नेपालको कुल आयातको २० प्रतिशत बढी हो ।

    भन्सार विभागले सार्वजनिक गरेको तथयाङ्क अनुसार नेपालले विदेशबाट गर्ने वस्तु आयातमा पेट्रोलियम पदार्थको आयात माघमा पनि उच्च रहेको देखिएको हो । अर्थात नेपालले पछिल्लो ७ महिनामा गरेको कुल आयातमा पेट्रोलियम पदार्थले मात्रै २० प्रतिशत हिस्सा ओगटेको छ । 

    तथ्याङ्क अनुसार माघसम्म नेपालले ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको ७ लाख २९ हजार किलोलिटर डिजेल आयात गरेको छ । यस्तै, ३८ अर्ब ८२ करोड बराबरको ३ लाख ९१ हजार किलोलिटर पेट्रोल र ३० अर्ब ३१ करोड रुपैयाँ बराबरको २९ करोड ८९ लाख किलो खाना पकाउने ग्याँस आयात गरेको छ ।

    तथ्याङ्क अनुसार लगातार बढिरहेको नेपालको व्यापारघाटामा पनि सबैभन्दा ठूलो हिस्सा यसैको छ । अर्थात पछिल्लो ७ महिनामा मात्रै नेपालले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोर्दा पेट्रोेलियम पदार्थ एक्लैले १ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ बराबरको हिस्सा ओगटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार