राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समिति सदस्यमा रिसाल र ज्ञवाली नियुक्त, अध्यक्ष ढुङ्गाना समक्ष शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समिति सदस्यमा रिसाल र ज्ञवाली नियुक्त, अध्यक्ष ढुङ्गाना समक्ष शपथ ग्रहण

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • images
    images
    राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समिति सदस्यमा रिसाल र ज्ञवाली नियुक्त, अध्यक्ष ढुङ्गाना समक्ष शपथ ग्रहण

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल तथा प्रा.डा.रामप्रसाद ज्ञवाली नियुक्त भएका छन् । 

    सञ्चालक समितिका नवनियुक्त सदस्यहरू रिसाल र ज्ञवालीले बैङ्क सञ्चालक समितिका अध्यक्ष  दिलीपकुमार ढुङ्गाना समक्ष बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    1.jpg

    सञ्चालक समितिका नवनियुक्त सदस्यहरू रिसाल र ज्ञवालीले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका छन् । 
    शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, उपकार्यकारी अधिकृतहरू र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार