स्थायी कमिटी बैठक : माओवादी केन्द्रले चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान चलाउने

स्थायी कमिटी बैठक : माओवादी केन्द्रले चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान चलाउने

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • images
    images
    स्थायी कमिटी बैठक : माओवादी केन्द्रले चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान चलाउने

    काठमाडौँ / सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ । 

    बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

    बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

    उनले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताए ।

    उनले धेरै राम्रो काम गर्ने र काम नगर्नेहरुको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने बताए । उनले चैत्रपछि तीन वटा अभियान चलाउने बताए । 

    प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली कांग्रेसको भूमिकालाई महत्वपूर्ण रुपमा लिएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार