चर्चित समाचार
  • पश्चिमी वायूको प्रभाव : आज ६ ओटा प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने, मङ्गलबारसम्मको मौसम कस्तो रहला ?

    पश्चिमी वायूको प्रभाव : आज ६ ओटा प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने, मङ्गलबारसम्मको मौसम कस्तो रहला ?

    आइतवार, फागुन २० २०८०
    आइतवार, फागुन २० २०८०
  • पश्चिमी वायूको प्रभाव : आज ६ ओटा प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने, मङ्गलबारसम्मको मौसम कस्तो रहला ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायूको प्रभाव कायमै रहेको छ । हाल देशभर साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

    आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम बर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    त्यस्तै, सोमाबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद्ले जनाएको छ। देशका पहाडी भूभागका एक/दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मङ्गलबार सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार