images
Logo
images
images
images

माओवादीबाट अर्थमन्त्री बने बर्षमान, परराष्ट्र नारायणकाजीको पोल्टामा,  कसले पाए कुन मन्त्रालय ?

माओवादीबाट अर्थमन्त्री बने बर्षमान, परराष्ट्र नारायणकाजीको पोल्टामा,  कसले पाए कुन मन्त्रालय ?

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • images
    images
    माओवादीबाट अर्थमन्त्री बने बर्षमान, परराष्ट्र नारायणकाजीको पोल्टामा,  कसले पाए कुन मन्त्रालय ?

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । जसअनुसारका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पोल्टामा परराष्ट्र मन्त्रालय परेको छ भने अर्थमन्त्रालय उपमहासचिव वर्षमान पुनले पाएका छन् । 

    images
    images

    माओवादीले सञ्चार मन्त्रीका रूपमा रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जामन्त्रीका रूपमा शक्ति बस्नेत र हितबहादुर तामाङ पर्यटन मन्त्री बन्ने भएका छन् । 

    यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका हुन् ।

    कामको परफरमेन्सका आधारमा श्रेष्ठ नयाँ सरकारमा दोहोरिने हो भने बस्नेत र शर्मा पनि दोहोर्याउनुपर्ने प्रस्ताव आएपछि तीन जना मन्त्रीहरू नयाँ गठबन्धनको सरकारमा पनि दोहोरिने भएको स्रोतले जनाएको छ । 
    श्रेष्ठले यसअघिको गठबन्धन सरकारमा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, अर्थमन्त्री बनेका पुन २०६७ माघ २३ मा झलनाथ खनालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए ।

    त्यस्तै २०६८ भदौ १२ मा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा उनले अर्थमन्त्रालय नै सम्हाल्ने अवसर पाएका थिए । अर्थमन्त्रीको रूपमा पुनको यो दोस्रो कार्यकाल रहनेछ । 

    यसैगरी तामाङ यसअघि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा तामाङ युवा तथा खेलकुद मन्त्री बनेका थिए। त्यसबेला उनले तीन महिना मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार