राष्ट्रिय वाणिज्य बैङ्कले आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ आयोजना गर्ने

राष्ट्रिय वाणिज्य बैङ्कले आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ आयोजना गर्ने

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • images
    images
    राष्ट्रिय वाणिज्य बैङ्कले आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ आयोजना गर्ने

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ‘इन्हान्सिङ क्वालिटी फर सस्टेनेबल बैङ्किङ ग्रोथ’का लागि आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ आयोजना गर्ने भएको छ । 

    हाल राष्ट्रिय अर्थतन्त्र र बैङ्किङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरूको बारेमा सम्बोधन गर्न बैङ्कले आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ आगामी चैत ३ गते, शनिबार काठमाडौँँमा आयोजना गर्न लागेको हो । 

    उक्त कन्फ्रेन्समा अर्थविद्, बैङ्किङ्ग विज्ञ तथा उद्यमीहरूका बीचमा ब्यापक छलफल गरी बैङ्किङ्ग क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैङ्किङ्ग विकासका लागि दिशा निर्देश गरिने भएको छ । 

    सो कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा हुन लागेको आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ मा अर्थविद् एवं सांसद् डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बरिष्ठ बैङ्कर्स परशुराम कुँवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ सन्जिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्यलगायतले आ-आफ्नो धारणा राख्नेछन् । 

    कार्यक्रममा अर्थविद् एवं सांसद् वाग्लेको कि नोट्स मन्तब्य हुने छ । बैङ्क सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न हुने कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार