images
images

च्याउखेतीबाट नमुना किसान बनेका एन्जिल चौधरी

च्याउखेतीबाट नमुना किसान बनेका एन्जिल चौधरी

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • च्याउखेतीबाट नमुना किसान बनेका एन्जिल चौधरी

    भजनी कैलालीका एन्जिल चौधरी गाउँमा नमुना किसान हुन् । व्यवसायी च्याउखेती गरेपछि उनले पछि फर्केर हेर्नुपरेको छैन । 

    images
    images

    २०पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई  गलत सावित गरेका छन् । कैलालीको जानकी गाउँपालिका वडा नं ५ मा उनको बसाइ छ । 

    व्यावसायिक च्याउखेतीमा लागेका चौधरीले गाउँमा नमुना किसानको परिचय  त बनाए आर्थिक उन्नति पनि राम्रै गरे । 
    “मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको  उनले भने,  आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ । ”


    विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेका छन् । 

    “मैले सिजन अनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ”, उनी भन्छन् । 

    चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएका छन् । 

    गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएका उनले बर्खामा दुधेच्याउ लगाउँदै आएका छन् । 

    लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । 

    “लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु”, उनी भन्छन्, “परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।” उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएका छन् । 

     बारीमा बेमौसमी तरकारी पनि

    अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । “च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ”, उनले भने । 

    राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएका उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

    जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन् ।  उनले च्याउखेतीमा करिब रु ५० लाख लगानी गरिसकेका छन् । 

    च्याउखेतीमा ५० लाख बढि आम्दानी 

    व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै  लगाएका छन् । 

    च्याउखेतीका लागि उनले एसी प्लान्ट जोड्नुभएको छ । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त हुनुभएको छ । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका  छन् । 

    जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरे । 

    पढ्दै खेतीमा लागेकी  उनलाई एन्जिल चौधरीले सिकाएका थियो साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सके भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागे । 

    व्यवसायसँगै पढाइपनि

    परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । उनले भने, “अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।”

    बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशी लगानी गर्नुभएको छैन । यो वर्ष रु एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट रु छ लाख आम्दानी भएको छ । 

    “च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ”, उनले भन्छन् । उनको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार