चर्चित समाचार
  • माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ

    माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ

    मंगलवार, चैत २० २०८०
    मंगलवार, चैत २० २०८०
  • माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। 

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो।

    तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको हो । 

    हाल माओवादी केन्द्रका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।

    उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आएका थिए । सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पछि रिहा भएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार