images
images

थाईल्याण्डको पतैयामा तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्ड ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम सम्पन्न

थाईल्याण्डको पतैयामा तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्ड ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम सम्पन्न

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • थाईल्याण्डको पतैयामा तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्ड ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम सम्पन्न
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्डको ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम थाईल्याण्डको पतैयामा सम्पन्न भएको छ ।

    समाजसेवी तथा कलाकर्मी अशामान वाईबा तामाङको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट दुई दर्जन कलाकारहरुले उपस्थिति जनाएको थियो ।

    प्रमुख अतिथि आशमान वाईबा तामाङलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै चार विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको ग्राण्ड फाईनल भने २०८१ को ज्येष्ठ महिनामा हुने कार्यक्रमका सभापति राज किङ वाईबा (सुक ब. तामाङ ) ले बताएका छन् । 

    करिब ३२ विधामा वितरण गर्न लागिएको यस अवार्डमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुको महाभिडन्त हुने पक्कापक्की देखिएको छ । 

    तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र क्लोथिङ इन नेपालका प्रबन्ध निर्देशक हरि बहादुर तामाङको विशेष अतिथि रहेको उक्त कार्यक्रम कलाकार तथा कार्यक्रम सञ्चालिका अनिता नेगी तामाङले उद्घोषिकाको भुमिका निभाएको थियो ।

    कला र कलाकारहरु प्रति आफ्नो सिधा व्यांग्यय प्रहार गरिरहने भएपनि भित्रि मन देखि सदैव सम्मान रहेको प्रमुख अतिथि बाईबाले बताएका थिए । 

    जालझेल नगरि विशुद्ध रुपमा कार्यक्रम सम्पन्न गरे सहि कलाकारको मुल्यांकन हुने र मनोबल बढ्ने भएकोले यस्ता कार्यक्रमहरुमा हातेमालो गर्दै अगाडि बढने पतिबद्धता समेत जाहिर गरेका छन् । 

    पहिलो जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०१९ मा थाईल्याण्ड मा, दोश्रो मलेसिया र तेश्रो नेपालमा सम्पन्न गर्न लागिएको जानकारी गराएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com