images
images

हिमाल सफाइमा संलग्न टोली स्याङ्गबोचे इलाका पुगे, ७ दिनपछि सगरमाथा आधार शिविर पुग्ने

हिमाल सफाइमा संलग्न टोली स्याङ्गबोचे इलाका पुगे, ७ दिनपछि सगरमाथा आधार शिविर पुग्ने

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • हिमाल सफाइमा संलग्न टोली स्याङ्गबोचे इलाका पुगे, ७ दिनपछि सगरमाथा आधार शिविर पुग्ने

    काठमाडौँ / सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि १३ जनाको टोली हवाई साधनमार्फत स्याङ्गबोचे इलाका पुगेका छन् । सफा हिमाल अभियान-२०२४ मा संलग्न रहेको १२ जना सैनिक र १ जना शेर्पा सरदारसहितको टोली आज स्याङ्गबोचे इलाकामा अवतरण गरेको हो ।

    images
    images

    अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिया गर्दै करिब ७ दिनको पदयात्रा पश्चात् सो टोली सगरमाथा आधार शिविर पुग्ने योजना रहेको छ । पदयात्राको क्रममा  सचेतना अभिवृध्दि तथा अभियानको प्रचार प्रसारको लागि पदमार्गको सरसफाइ समेत गरिनेछ । 

    News.jpg

    AN ENDEAVOUR TO SAVE THE HIMALAYAS भन्ने मूल देमका साथ सञ्चालन हुन गइरहेको यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

    यस अघि चैत २९ गते जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले क्याम्पेन लिडर सेनानी आदित्य कार्कीलाई क्याम्पेन फ्ल्याग हस्तान्तरण गरी अभियानको थालनी गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार