images
images

घरमै बसेर नाम र दाम कमाइरहेछन् पदम, तरकारीबाटै बार्षिक १२ लाखसम्म आम्दानी

घरमै बसेर नाम र दाम कमाइरहेछन् पदम, तरकारीबाटै बार्षिक १२ लाखसम्म आम्दानी

शनिवार, साउन १२ २०८१
शनिवार, साउन १२ २०८१
  • घरमै बसेर नाम र दाम कमाइरहेछन् पदम, तरकारीबाटै बार्षिक १२ लाखसम्म आम्दानी

    गलकोट (बागलुङ) / कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम खत्री यतिबेला तरकारीखेतीमा रमाइरहेका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनीले जिल्लामा उत्कृष्ट किसानका रुपमा सम्मान समेत पाइसकेका छन् । 

    कृषि ज्ञान केन्द्र बागलुङले खत्रीलाई गत धान दिवसमा उत्कृष्ट किसानका रुपमा नगदसहित सम्मान गरेको थियो । घर निर्माणलगायतका काममा मजदुरी गर्ने उनी १५ वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय छन् । 

    विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती सुरु गरेका खत्री यतिबेला जिल्लाकै सफल किसानका रूपमा परिचित छन्। उनले अहिले १८ रोपनी जग्गामा तरकारीखेती गरिररहेका छन् । उनीसँग फर्ममा आठ वटा साना र ठूला प्लाष्टिक टनेल छन् । 

    अधिकांश दौतरीहरु पैसा कमाउन विदेश पलायन भए पनि खत्री भने तरकारीखेतीमै सक्रिय छन्।तरकारीखेतीबाट नाम र दाम दुवै हुन थालेपछि विदेश जाने योजना कहिल्यै नबनेको उनले सुनाए । 

    “तरकारीखेतीबाटै वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी भइरहेको छ”, उनले भने, “तरकारीखेतीबाटै नाम र दाम हुन थालेपछि विदेश जानुपर्ने बाध्यता कहिल्यै आएन ।” 

    उनले तरकारीखेतीबाटै परिवारको खर्च, बालबच्चाको पालनपोषण भइरहेको बताए । उनले हालसम्म एक दर्जनभन्दा बढी संस्थाबाट प्रोत्साहनस्वरुप पुरस्कार प्राप्त गरिसकेका छन् । 

    “एक रोपनी जग्गाबाट सुरु भएको तरकारीखेती अहिले १८ रोपनीमा पुगेको छ । अहिले दाम मात्रै हैन नाम समेत कमाउन थालेको छु, पहिला वडामा मात्रै कृषक भनेर चिन्थे अहिले जिल्लाभर कृषकको परिचय फेरिएको छ”, उनले भने, “पाँच रोपनी आफ्नै र अन्य जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आएको छु ।” 

    अहिले खत्रीको टनेलमा टमाटर, सिमी, काक्रो, काउली, बन्दालगायतका तरकारी उत्पादन भइरहेका छन् । खत्रीले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती गरिरहेका छन् । 

    आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक टनेल र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत आधुनिक टर्नेल निर्माण भइरहको जानकारी दिए। 

    खत्री एग्रो फार्ममा हालसम्म रु १२ लाख लगानी गरिसकेका छन् । उनले कृषि ज्ञान केन्द्रबाट प्लाष्टिक टनेल निर्माण र विऊ बिजनमा सहयोग प्राप्त भइरहेको जानकारी दिए । हाल उनले तरकारीखेतीसँगै ब्रोइलर कुखुरा र भेडापालन पनि गरेका छन्। उनले एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार