images
images

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा तीन जनाको मृत्यु, ५२ जना घाइते

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा तीन जनाको मृत्यु, ५२ जना घाइते

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा तीन जनाको मृत्यु, ५२ जना घाइते

    सिन्धुपाल्चोक जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् ।

    images
    images

    दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । 

    दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । उनका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।

    दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसेतर्फ लैजाने काम जारी छ ।

    बसमा ५५ जना सवार रहेकोमा बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार