काठमाडौं/ मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो पुस २८ गते, थापागाँउ व्याङकेट, थापागाँउ, नयाँबानेश्वर, काठमान्डौंमा सम्पन्न भएको हो ।
साधारण सभाबाट आ.व. २०८०/ ०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित गरेको छ ।
साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ (तीन) जना यादव अधिकारी, रामहरि शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ (एक) सतिश गौतम गरि ४ (चार) जना सञ्चालकहरु आगामी ४ वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन् ।
वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित गरेको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७।५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ ।
यस फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि २७ वटा शाखा तथा एक बिस्तारित काउन्टर मार्फत देशभरका प्रमुख शहरहरुमा, १ लाख २० हजार भन्दा बढी ग्राहकलाई सेवा पुर्याउदै आएको छ ।