काठमाडौँ / आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ ।
विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।
मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ ।
नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।
मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।
समारोहअघि नयाँ सडकबाट र्यालीको आयोजना गरिने समितिका महासचिव प्रेमप्रसाद खनालले जानकारी दिनुभयो । सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो ।
श्रमिक दिवसमा मजदुर गर्दै मिस्त्री
एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा कञ्चनपुरको महेन्द्रनगरमा घरमा वाल लगाउँदै कैलालीको कैलारी गाउँपालिकाका श्रमिक मिस्त्री । उनीहरुले दिवसबारे अनविज्ञता प्रकट गरे ।
जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरबाट बुधबार बिहान रुकुम आठबिसकोट नगरपालिका–६, छहरे बगर पु¥याउन डोल्पा लैजाने चामलको बोरा बोक्दै कामदार । भेरी नदीमा मोटर चल्ने पुल नभएकाले डोल्पा लैजाने सामान भरियाले बोकेर वारपार गर्छन् ।
श्रमिक दिवसमा र्याली
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले बुधबार दमौलीमा निकालेको र्यालीमा सहभागीहरु । श्रमिक दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइँदैछ ।
एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस चितवनले बुधबार नारायणगढमा निकालेकोे र्याली ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशकाे आयाेजनामा पाेखरामा निकालिएको श्रमिक र्यालीमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी लगायत
एकसय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार म्याग्दी सदरमुकाम बेनीमा नेपाल ट्रेड युनियन महासङ्घ, जिफन्टले निकालेको पदयात्रामा सहभागी ।
मजदुरका बालबालिकालाई सहयोग
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित इँट्टा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई बुधबार वितरण गरिएको शैक्षिक सामग्रीका साथमा बालबालिका। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उद्योगमा कार्यरत मजदुरका २६ जना विद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
तस्बिर : रासस