चर्चित समाचार
  • च्याउ उत्पादक किसान संघको अग्रसरतामा कर्णालीमा गुच्छी च्याउको अनुसन्धान

    च्याउ उत्पादक किसान संघको अग्रसरतामा कर्णालीमा गुच्छी च्याउको अनुसन्धान

    बिहिवार, जेठ ३ २०८१
    बिहिवार, जेठ ३ २०८१
  • च्याउ उत्पादक किसान संघको अग्रसरतामा कर्णालीमा गुच्छी च्याउको अनुसन्धान

    उच्च पहाडी क्षेत्रका  लेकहरुमा पाइने गुच्छी च्याउको अनुसन्धान थालिएको छ । 
    च्याउ उत्पादक किसान संघ उक्त रैथाने जातको च्याउको अवलोकन, अनुन्धान तथा खोज शुरु गरेको हो । च्याउ उत्पादक संघ मुलुकभरका विभिन्न प्रजातिका च्याउ व्यवसायिक रुपमा उत्पादन गर्ने किसानहरुको संस्था हो । रैथाने प्रजातीको च्याउलाई नै व्यवसायिक बनाउनु पर्ने अवधारणा लिएर संघका पदाधिकारीहरु राज्यको नीति परामर्श तथा अनुसन्धान खोजमा पनि लागि परेका छन् ।   

    संघले पश्चिम नेपालको दैलेख जिल्ला लगायतका स्थानहरुमा यहि बैशाख अन्तिम साता पुगेर अवलोकन गरेका थिए । पश्चिम नेपालमा गुच्छी च्याउ जंगल तथा स्थानिय क्षेत्रमा आफैँ उम्रिन्छ । 
     
    यहि वैशाख २७ गतेदेखि जेठ २ गतेसम्म संघले स्थानीयहरुको सहयोगमा दैलेख, कालिकोट, जुम्ला, मुगु लगायतका जिल्लाहरूका उच्च पहाडी क्षेत्र पुगेको थियो ।  चिसो लेक क्षेत्रमा पाइने अन्य च्याउहरुको पनि खोजी गरेको संघका अवलोकन कर्ताहरुले बताए । 

    यदि हाम्रो परिक्षण सफल भए यस प्रजातिको च्याउलाई उचित वातावरणमा व्यावसायिक च्याउ खेती गरिने संघका अध्यक्ष सन्तोष कार्कीले बताए। च्याउको खोज अनुसन्धानका लागि यो एउटा महत्वपूर्ण क्षण भएको उनले बताए ।  

    अध्यक्ष कार्कीसँगै गएको समुहले गुच्छी च्याउको फिल्डमै कल्चर टेस्टट्युब गरी परिक्षणको अवस्थामा राखेको छ । अलिकली ताजा च्याउ संकलन गरी साथमा ल्याइएको समेत  जनाएको छ । 

    6.jpg

    च्याउ उत्पादन किसान संघ नेपाल र अखिल नेपाल किसान महासंघ नेपालको टोलीलाई दैलेख, कालिकोट, जुम्ला र रारामा स्थानिय किसानहरूको भिन्दा भिन्दै समुहले फुल– मालाका साथ दोसल्ला ओढाई स्वागत समेत गरेको थियो । 
    संघका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज विजय ज्ञवालीले कर्णाली प्रदेश भित्र रहेका च्याउहरूको प्रचार प्रसार, विकास विकास गर्न सके उद्यमसिलता बढ्ने तथा, मुलुकको अयाबृद्धिमा सहयोग पुग्ने बताए । 

    शताब्दिदेखि उत्पादन भैँ पहिचान नखुली जङ्गल भित्र नै कुहिएर खेर गएका अनेकौँ पोषणयुक्त औषधी जन्य गुण र रोग प्रतिरोधात्मक क्षमता भएका प्राकृतिक रैथाने च्याउ बालीहरू गुच्छी, यार्चा, गानोडर्मा, टर्कीटेल लगायत सेवन गर्न मिल्ने कैयौँ च्याउ जन्य जडीबुटीहरूलाई व्यवसायिक प्रयोजनमा ल्याउनु पर्ने देखिन्छ । 

    यो पनि पढ्नुस् : बिषालु च्याउ कसरी चिन्ने ?

    च्याउ उत्पादक किसान संघ नेपालका निवर्तमान अध्यक्ष एवम् किसान महाँसंघ नेपालका उपमहासचिव पिएन अधिकारीले च्याउ उत्पादक किसान संघको यो कार्य प्रशंसा गरे ।  राज्यले नै गर्नुपर्ने अनुसन्धानको काम किसानहरुले गरेको उनले बताए । 

    च्याउ उत्पादक किसान संघ नेपालका सचिव रमेश सापकोटाले संघले यसरी विभिन्न औषधिय गुणले निपुर्ण र पोषिला च्याउहरुको अवलोकन गर्दै अनुसन्धान गर्दा थप जोस जाँगर र सम्भावना देखिएको बताए । 

    3.jpg

     जुम्ला निवासी प्रतिमा बुढा, खम्बिनी बुढा , गङ्गा बिष्ट, सुनिता बोहरा, डबल महतरा, लालकली बिष्ट, धिरेन्द्र बिष्ट लगायतका व्यक्तिहरुको समेत यस कार्यमा उपस्थिति भएर अवलोकन गराउन सहजीकरण गरेका थिए । 
    नेपालका जंगलहरुमा सयौं प्रजातिका च्याउहरु पाइन्छन् । जसको पहिचान हुनै बाँकी छ । तरकारीको रुपमा प्रयोग हुने मात्रै नभइ जडिबुटिको लागि महत्वपूर्ण च्याउहरु पनि नेपालको जंगलमा पाइने विभिन्न खोज अनुसन्धानले देखाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार