चर्चित समाचार
  • अमेरिकी डलर, जापानी येनदेखि युरोसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

    अमेरिकी डलर, जापानी येनदेखि युरोसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

    शुक्रवार, बैशाख २१ २०८१
    शुक्रवार, बैशाख २१ २०८१
  • अमेरिकी डलर, जापानी येनदेखि युरोसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले शुक्रबारको विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अधिकांश विदेशी मुद्रा बलियो बनेको छ । यसअघि एक अमेरिकी डलरको खरिदमा १३३ रुपैयाँ १९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७९ पैसा तोकिएकोमा आज बढेर खरिद मूल्य १३३ रुपैयाँ २६ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ८६ पैसा पुगेको छ। 

    यसैगरी, युरोपियन युरोको भाउ समेत बढेको छ । यसअघि घटेर एकको खरिदमा १४२ रुपैयाँ १३ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७७ पैसा रहेको युरोको भाउ बढेर आज खरिदमा १४२ रुपैयाँ ५९ पैसा र बिक्रीमा १४३ रुपैयाँ २३ पैसा पुगेको छ ।

    युके पाउन्ड स्टर्लिङसमेत आज बढेर एकको खरिदमा १६६ रुपैयाँ ७१ पैसा र बिक्रीमा १६७ रुपैयाँ ४६ पैसा पुगेको छ। 

    अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ३६ पैसा पुगेको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १० पैसा र बिक्रीमा ९७ रुपैयाँ ५४ पैसा कायम भएको छ । 

    यसैगरी, सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४९ पैसा  र हङकङ डलर एकको खरिद मूल्य १७ रुपैयाँ ०५ पैसा र बिक्री मूल्य १७ रुपैयाँ १२ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज युआन एकको खरिदमा ८ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८ रुपैयाँ ६५ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा पुगेको छ । 

    यसैगरी, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७० पैसा तोकिएको छ ।

    साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७० पैसा र बिक्रीमा ९ रुपैयाँ ७४ पैसा, कुवेती दिनार एकको खरिदमा ४३२ रुपैयाँ ८७ पैसा र बिक्रीमा ४३४ रुपैयाँ ८२ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३५३ रुपैयाँ ४३ पैसा र बिक्री मूल्य ३५५ रुपैयाँ ०२ पैसा पुगेको छ। 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार