images
images

सञ्चालनमा आएको ३ बर्षपछि इन्ड्राइभको औपचारिक सेवा सुरु, आजदेखि चालकबाट कमिसन लिने

सञ्चालनमा आएको ३ बर्षपछि इन्ड्राइभको औपचारिक सेवा सुरु, आजदेखि चालकबाट कमिसन लिने

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    सञ्चालनमा आएको ३ बर्षपछि इन्ड्राइभको औपचारिक सेवा सुरु, आजदेखि चालकबाट कमिसन लिने

    काठमाडौँ / राइड सेयरिङ एप इन्ड्राइभले सञ्चालनमा आएको करिब ३ बर्षपछि औपचारिक रूपमा नेपालमा सेवा सुरु गरेको छ। कम्पनीले औपचारिक रूपमा कम्पनीमा दर्ता भएर आजदेखि सेवा सुरु गरेको हो । 

    images
    images

    कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले जानकारी दिइन् ।

    उनका अनुसार  इन्ड्राइभले काठमाडौँका साथै पोखरा र धरानमा सेवा सुरु गरेको छ । छिट्टै अन्य सहरमा सेवा सुरु गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने कम्पनीले जनाएको छ ।

    यस्तै इनड्राइभले काठमाडौँमा  ट्याक्सी, मोटरसाइकल, डेलिभरी, एक शहरदेखि अर्को शहर (सिटी टु सिटी राइड) सेवाहरू प्रदान गर्ने जनाएको छ । यसका साथै इनड्राइभ चढ्‍ने यात्रु र चालक दुवैले एक अर्काको रेटिङ र उनीहरूले गरेका यात्राका आधारमा कोसँग यात्रा गर्ने भनेर छान्न सक्‍नेछन् ।

    यात्रुले सवारीको समयमा एपमा लाइभ राइडिङ विवरण सेयर गर्न मिल्‍ने र सेभ आवर सोल्स बटनकोसमेत सुविधा रहेको कम्पनीले जनाएको छ । यतिमात्रै नभएर अप्रत्याशित परिस्थिति आइपरेमा यात्रुले चाँ८ सहयोग पनि लिन सक्‍ने कम्पनीले जनाएको छ ।

    दर्ता बिनै चलेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने क्रम तीव्र बनाएको थियो ।

    नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनुपर्ने माग उठेको साढे ७ वर्ष बितिसकेको छ । पहिलो पटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले मोटरसाइकल र ट्याक्सीमार्फत ‘राइड सेयरिङ’ सेवा सुरू गरेको थियो ।

    हालसम्म संघीय ऐनमा निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था गरिएको छैन । तर, पनि सरकारले प्रविधिको प्रयोग भन्दै ‘राइड सेयरिङ’ सेवालाई प्रतिबन्ध लगाएको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार