images
images

तेस्रो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफले कमायो ३४ करोड नाफा, अन्य सूचक कस्तो ?

तेस्रो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफले कमायो ३४ करोड नाफा, अन्य सूचक कस्तो ?

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफले कमायो ३४ करोड नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ३४ करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा रिलायबल नेपाल लाइफको नाफा १९.०९ प्रतिशतले बढेर ३४ करोड दुई लाख रुपैयाँ पुगेको हो । गत आर्थिक बर्षको ९ महिनामा यस कम्पनीले २८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    यस्तै, ९ महिनाको अवधीमा कम्पनीको जीवन बीमा कोषमा नौं अर्ब २२ करोड रुपैयाँ रहेको छ ।गत आवमा कम्पनीको कुल आम्दानी तीन अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेकोमा चालु आवमा १३.९७ प्रतिशतले बढेर तीन अर्ब ७४ करोड ७२ लाख रुपैयाँ पुगको कम्पनीले जनाएको हो । 

    यस्तै, तेस्रो त्रैमाससम्म दुई अर्ब ९८ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । जुन गत आवको तुलनामा ८.८१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

    चालु आवको समीक्षा अवधिमा कम्पनीले दुई अर्ब ७३ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुत गत आवको तुलनामा ३.४२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन दुई अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १३.६१ रुपैयाँ रहेकोमा चालु आवमा ३.८३ रुपैयाँले घटेर ९.७८ रुपैयाँमा झरेको छ ।

    चुक्ता पूँजी चार अर्ब ६४ करोड रुपैयाँ रहेको यस कम्पनीले तेस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा ६६ करोड ४६ लाख रुपैयाँ, शेयर प्रिमियममा एक अर्ब ७५ करोड र महाविपत्ति कोषमा १५ करोड ४६ लाख रुपैयाँ संचिती गरेको छ । 

    समीक्षा अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ४४.४४ गुणा, प्रतिशेयर नेटवर्थ १५५.७४ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार