चर्चित समाचार
  • एमजी कार ४ इभीले हात पार्याे २०२४को उत्कृष्ट कारको उपाधि

    एमजी कार ४ इभीले हात पार्याे २०२४को उत्कृष्ट कारको उपाधि

    आइतवार, बैशाख ३० २०८१
    आइतवार, बैशाख ३० २०८१
  • एमजी कार ४ इभीले हात पार्याे २०२४को उत्कृष्ट कारको उपाधि

    काठमाडौँ / नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरूको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एक पछि अर्काे सफलता हात पार्दै आएको छ । यही क्रममा एमजी ४ इभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको छ ।

    न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शीर्ष उपाधि जित्न सफल भएको छ । अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरून अफिसरले भने, “एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं। एमजी४को यो न्यूजील्याण्डमा मात्रै नवौँ पुरस्कार जित हो ।”

    गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरूपमा विद्युतिय कार एमजी ४ इभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ ।

    २०२२मा बजारमा आएको एमजी४ इभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘ बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरू हासिल गर्दै आएको छ । 

    सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रूपमा चर्चा कमाउन सफल बेलायति ब्राण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरूले गर्दा लोकप्रियता कमाउँदै आएको छ ।

    ३०० भन्दा धेरै दक्ष इन्जिनियरहरूले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजिका सवारी साधनहरू यूरोपेली कानुन र ग्राहकहरूको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजि सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाइनहरू बेलायतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरूले गर्छन् ।

    एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले हाल नेपालमा एमजि४ ईभि, एमजि जेडएस इभि, एमजि कोमेट इभि गरी ३ वटा मोडेलका विद्युतिय र एमजि हेक्टर, एमजि एचएस, र एमजि एसटर गरी ३ वटा मोडेलका इन्धन गाडीहरू बिक्री वितरण गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार