images
images

अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा बिवाइडीको नयाँ गाडी सार्वजनिक, मूल्य करिब ५९ लाख

अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा बिवाइडीको नयाँ गाडी सार्वजनिक, मूल्य करिब ५९ लाख

मंगलवार, पुस ९ २०८१
मंगलवार, पुस ९ २०८१
  • अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा बिवाइडीको नयाँ गाडी सार्वजनिक, मूल्य करिब ५९ लाख
    images
    images

    काठमाडौँ / नेपालमै पहिलोपटक सुरु भएको ‘बिवाइडी अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ का अवसरमा बिवाइडी इलेक्ट्रिक गाडी ‘बिवाइडी एम ६’  सार्वजनिक गरिएको छ ।

    चिनियाँ ब्रान्ड बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बेलुन नेपाल फेस्टिवलको उद्घाटन समारोहमा एम६ वियोन्ड लिमिट्स सिरिज सार्वजनिक गरेको हो । 

    बेलुन महोत्सवको मूख्य प्रायोजक बिवाइडीले बेलुन उडाएर बिवाइडी एम ६ गाडी लन्च गरेको हो। यो गाडी चारवटा रंगमा उपलब्ध छ ।

    ५८ लाख ९० हजार रुपैयाँ मुल्य तोकिएको यो इलेक्ट्रिक गाडीले एकपटकको चार्जमा ४४० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।
    बिवाइडीको एम ६ को १०० युनिट गाडी आजै डेलिभर गरिएको कम्पनीले जनाएको छ । नेपालमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय बेलुन महोत्सव भने ९ दिनसम्म चल्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार