images
images

काठमाडौँ-तराई/मधेश द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको  ‘ब्रेक थ्रु’

काठमाडौँ-तराई/मधेश द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको  ‘ब्रेक थ्रु’

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • काठमाडौँ-तराई/मधेश द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको  ‘ब्रेक थ्रु’

    काडमाडौँ / राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको  ‘ब्रेक थ्रु’ गरिएको छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माण तीव्र गतिमा चलिरहेको र काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार 'ब्रेक थ्रु' गरिएको हो ।

    images
    images

    काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको छ । यो काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग हो । 

    Surungmarga.jpg

    द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरूमध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार