चर्चित समाचार
  • फोहोर बोक्ने चालक समातिएपछि मेयर शाहले भने– नेताहरुको घरको फोहोर उठ्दैन

    फोहोर बोक्ने चालक समातिएपछि मेयर शाहले भने– नेताहरुको घरको फोहोर उठ्दैन

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • फोहोर बोक्ने चालक समातिएपछि मेयर शाहले भने– नेताहरुको घरको फोहोर उठ्दैन

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । 

    मेयर शाहले आज आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्ट्याटु शेयर गर्दै यस्तो चतावनी दिएका हुन् । 

    भ्रष्टहरुलाई पक्राउ गर्न नसक्ने सरकारले फोहोर बोक्ने चालक समाएको उनको टिप्पणी छ ।

    ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले’, उनले फेसबुकमा लेखेका छन्, ‘जब सम्म स–सम्मान चालकहरु रिहा हुन्नन  सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन !’ 

    मेयर शाहले लेखेको स्ट्याटस जस्ताको त्यस्तै, 

    भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले ।
    जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन  सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन ।
    को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन!

    उनले आज बिहान मात्रै गिरीबन्धु जस्तै १०१ कम्पनीले जग्गा सट्टाभर्ना निवेदन परेको र त्यसमा ५० खर्बसम्मको खेलोफड्को हुनसक्ने भन्दै लेखेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार