अमेरिकाले किन दिएन सन्दीप लामिछानेलाई भिसा ?

अमेरिकाले किन दिएन सन्दीप लामिछानेलाई भिसा ?

बुधवार, जेठ ९ २०८१
बुधवार, जेठ ९ २०८१
  • images
    images
    अमेरिकाले किन दिएन सन्दीप लामिछानेलाई भिसा ?

    काठमाडौँ / क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्न अमेरिका जान नपाउने भएका छन् ।

    images
    images

    विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेलाई काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि उनी अमेरिका जान नपाउने भएका हुन् । 

    सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी दिएका छन् । 

    अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

    बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई टिममा समावेश गरेको थियो । तर अमेरिकी दुतवासले भिसा नदिएपछि सन्दीप रोकिएका छन् ।

    अमेरिकी दुतबासले भिसा नदिनुको कारण भने खुलाएको छैन । अमेरिकी कानुन अनुसार भिसा सम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले कारण खुलाउन नसकिने दुतबासले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार