चर्चित समाचार
  • लक्ष्मी सन्‌राइज बैङ्कको मूख्य लगानीमा ४१.३१४ मेगावाटको सुपर बागमती हाइड्रोपावर बन्ने, एभरेस्ट र सिटिजन्सले पनि लगानी गर्ने

    लक्ष्मी सन्‌राइज बैङ्कको मूख्य लगानीमा ४१.३१४ मेगावाटको सुपर बागमती हाइड्रोपावर बन्ने, एभरेस्ट र सिटिजन्सले पनि लगानी गर्ने

    बुधवार, जेठ ९ २०८१
    बुधवार, जेठ ९ २०८१
  • लक्ष्मी सन्‌राइज बैङ्कको मूख्य लगानीमा ४१.३१४ मेगावाटको सुपर बागमती हाइड्रोपावर बन्ने, एभरेस्ट र सिटिजन्सले पनि लगानी गर्ने

    काठमाडौँ / लक्ष्मी सन्‌राइज बैङ्कको मूख्य लगानीमा ४१.३१४ मेगावाटको सुपर बागमती हाइड्रोपावर निर्माण हुने भएको छ । लक्ष्मी सन्‌राइज बैङ्कको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरू र बागमती हाइड्रोपावर लिमिटेडबिच बुधबार सो सम्बन्धी सम्झौता भएको हो । 

    सुपर बागमती हाइड्रोपावर कम्पनीले ललितपुर र मकवानपुर जिल्लास्थित बागमती नदीमा निर्माण गर्ने ४१.३१४ मे.वा. क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजना निर्माण हुनेछ  । 

    सो आयोजनाको कूल लागत रू ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

    सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति लिई असार २५, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । 

    सो कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ए.एन.के कन्स्ट्रकसन रहेका छन् ।

    सो परियोजना निमार्णको लागि लक्ष्मी सन्‌राइज बैङ्कको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैङ्ककहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रर्वर्द्धक र संस्थापकहरूको लगानी रहने छ । 

    सो परियोजनामा लक्ष्मी सन्‌राइज बैङ्कको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैङ्कहरूमध्ये सह-अगुवा एभरेष्ट बैङ्कको २.५ अर्ब तथा सिटिजन्स बैङ्क इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ । 

    सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठुलो परियोजनाको पमा रहने विश्वास लिइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार